४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखका युवालाई रोजगारी दिएर गाउँमै रोक्ने योजना

१६ आश्विन २०७७, शुक्रबार १०:१६

असोज १६, दैलेख । दैलेखको महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गर्ने अभियानमा जुटेको छ । 

यसका लागि गाउँपालिकाले रोजगारी सिर्जना गर्ने योजनासमेत बनाएको छ । कोरोना महामारीका वेला दुई हजार सात सय युवा गाउँ फर्किएका छन् । चालु आर्थिक वर्षमा सञ्चालन गर्ने सबै विकास गतिविधिमा ठूला मेसिनको प्रयोग बन्द गर्ने र विकास निर्माणका काममा सम्बन्धित गाउँकै युवाको समिति बनाएर काममा लगाउनेजस्ता योजना बनाइएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो । 

“कृषि, पशुपालनसँगै गाउँ र वडामा हुने सबै विकास निर्माणका काममा अनिवार्य रूपमा युवालाई परिचालन गर्ने रणनीति बनाएर काम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले नीति बनाएर अध्यक्ष रोजगार कार्यक्रमसँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा युवा परिचालन गरेर गाउँमै रोक्ने तयारी थालेको छ ।”

यो गाउँपालिकामा कोरोना सङ्क्रमण कम देखिएकाले दसैँ र तिहारकै वेलामा युवालाई विभिन्न रोजगारीका काम दिएर आम्दानीका स्रोत व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिनुभयो । यस्ता रोजगारमूलक कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर फेरिने अपेक्षा गाउँपालिकाले लिएको उहाँको भनाइ छ ।

कोरोना व्यवस्थापनमा रु दुई करोड ७६ लाख खर्च

कोरोना भाइरस नियन्त्रणका लागि रु दुई करोड ७६ लाख खर्च भएको महाबु गाउँपालिकाले जनाएको छ । क्वारेन्टिन व्यवस्थापन, खाना खर्च, सामग्री खरिद, औषधि खरिदलगायत विभिन्न शीर्षकमा रु दुई करोड ७६ लाख रकम खर्च भएको हो । 

स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले विदेशबाट आएका युवालाई ल्याउनका लागि मात्रै यातायात व्यवस्थापनमा रु ३६ लाख खर्च भएको बताउनुभयो । भारत, तेस्रो मुलुक र नेपालकै अन्य जिल्लामा कामको खोजीमा गएका दुई हजार सात सयभन्दा बढी नागरिक कोरोना महामारीको समयमा गाउँपालिकामा आएको उहाँले बताउनुभयो । 

विभिन्न शीर्षकमा भएको खर्च रकममध्ये पूरै भुक्तानी दिन नसकिएको र केही रकम उधारो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले जानकारी दिनुभयो । गाउँपालिकाले उपचार सेवा प्रभावकारी बनाउन गाउँपालिकामै रु २५ लाखको अत्याधुनिक आइसोलेसन अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण मात्र नभएर अन्य बिरामीका लागि पनि अस्पताल प्रयोगमा आएको अध्यक्ष शाहीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश रविको फोटो खिचेका निकोलसविरुद्ध मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैद माग वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा लाग्यो आगो, चालकको जलेर मृत्यु इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय दैलेखबाट नमुना लिएर पेट्रोलियम पदार्थ अन्वेषण टोली चीन फर्कियो बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम, पुरुषमा भन्दा महिलामा अझ बढी (नयाँ अध्ययन) भक्तपुरको मनहरा खोलामा भेटियो पुरुषको शव हिजो राजावादी भए पनि मसँग आएपछि मातृभूमि जागरण अभियानका हुन् : भीम रावल दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय उच्च अदालतले सरकारलाई सोध्यो: आशिका तामाङलाई किन थुनेको ? यूके र दुबई पठाइदिन्छु भन्दै १३ जनाबाट करिब ८५ लाख असुल्ने २ जना पक्राउ पहिलेको मुद्दाको सक्कल फाइल फेला नपरेपछि रविसहित १४ जनाविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ १३ वर्षीया बालिकालाई बलात्कार अभियोगमा युवक पक्राउ