Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेसिन लगाउँदै धान काट्दै

२०७७, २० आश्विन मंगलवार ०५:२८

असोज २०, टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर  धान काट्न लगाउनुभयो ।  उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ ।

‘‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर सुन जस्तै पहेंलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन्’’, उहाँले भन्नुभयो, ‘‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्न थालेँ । आजभोलि धान काट्ने मेसिन रिपरको सहायताले धान काटिरहेका छन् ।’’ धान खेती गर्ने किसानलाई मेशिन भित्रिएपछि सजिलो भएको छ । 

विगतमा परिवारको सङ्ख्या बढी  हुनेले  धेरै काम गर्न सकिन्छ भन्ने थियो । हुन पनि परिवारमा धेरै सङ्ख्या भएकाले खेतीपाती बढी गर्थे ।  अहिले जमाना फेरिएको छ । एक सातामा सम्पन्न गरिने काम आजभोलि एक दिनमै सकिन थालेको छ । रिपरको सहायतामा धान काट्दा एक घण्टामा एक बिघा धान काट्न सकिन्छ । धेरै खेतीपाती गरेका किसानलाई धान काट्नका लागि धेरै जनशक्ति चाहिने गरेको अवस्थामा रिपरले अहिले धेरै सहज बनाएको जोशीपुरका रमेश सार्कीले सुनाउनुभयो । ‘‘रिपरको सहयोगमा धान काट्दा श्रमशक्ति खोज्ने झन्झट कम हुन्छ । धान काट्न लागत समेत कम लाग्ने भएकाले धान कटाइमा रिपरको सहायताले धेरै सहज भएको छ’’, उहाँले भन्नुभयो, ‘‘अब खेती गर्न चाहनेलाई सजिलो भएको छ । खेत जोत्न, काट्न सबै काम गर्न मेसिनको सहयोगले सकिन्छ ।’’

जानकी गाउँपालिकाका धर्मेन्द्र न्यौपानेले रिपरको सहयोगमा एकै दिनमा ६ बिघामा रहेको धान काट्नुभयो । उहाँले ७ घण्टामा ६ बिघा धान  काटेर भ्याएको बताउनुभयो । ‘‘मौसम हेरेर धान काटियो, अब एकै दिन मजदुर लगाएर धान उठाएर खेतमै दाउने योजना छ’’, उहाँले भन्नुभयो, ‘‘मौसम यस्तो छ । छिटो काम सके ढुक्क हुन्छ भनेर मेसिन ल्याएर धान काटेका हुँ ।’’ रिपरले एक घण्टामा एक विघा क्षेत्रफलको धान काट्न सक्छ । यसका लागि थोरै जनशक्ति खेतमा परिचालन भए पुग्छ । रिपरको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुनेभएकोले मौसमबाट हुने जोखिम समेत कम हुने किसानको भनाइ छ । किसान शर्मिला चौधरीले एकै दिन काटेमा धान मज्जाले सुक्ने र खेतबाट समयमा किसानले धान उठाउन पाउँदा समयमा तरकारीबाली लगाउन पाउने, हिउँदे बाली लगाउन पाउने बताउनुभयो । ‘‘लागत कम र सहज भएकाले हामीले मेशिनकै सहयोग लिन थालेका छौँ, ”’ उहाँले भन्नुभयो, ‘‘ धान काट्न रिपर र  कम्बाइन हार्भेस्टर लगायतका साधनको प्रयोग गर्न थालेको छ ।’’ रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै