२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

३० आश्विन २०७७, शुक्रबार ०४:४९

असोज ३०, टीकापुर । समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ । छ लेन सकड निर्माणाधीन क्षेत्रमा सातवटा टावर र सातवटा टिबलर पोल रहेका छन् ।

यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएको बताइन्छ । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्यभागमा पर्न गएको स्थानीयवासी बताउँछन् । सडकमा भएका विद्युत्का पोल समयमै व्यवस्थापन नहँुदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीका इञ्जीनियर गगनजङ्ग शाहीले बताउनुभयो ।

“एकातिर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कारण देशमा लकडाउन हुँदा कामदार घर फर्किए । त्यो समयमा काम निरन्तर गर्न सकिएन”, इञ्जीनियर शाहीले भन्नुभयो, “सकड निर्माणकार्य शुरु भएदेखि नै विद्युत् कार्यालयलाई पोल हटाइदिन आग्रह गरिरहेका छौँ । विद्युत् पोल नहटाएकै कारण काम प्रभावित भएको छ ।”

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट कैलालीको टीकापुर नगरपालिकामा जमरापुलदेखि बसपार्कसम्म छ लेनको सडक निर्माण भइरहेको हो । सडक रमन के एस जेभी धनगढीले रु १३ करोड ८९ लाख १९ हजार ७८६ मा निर्माण गरिरहेको छ । निर्माण कम्पनीले अहिले सडकको नाली बनाउने, पर्खाल चिन्ने र कल्भर्ड निर्माण गर्ने काम गरिरहेको छ ।

दुई वर्षभित्र काम सक्ने गरी विसं २०७५ फागुन फागुन १५ गते निर्माण कम्पनीले ठेक्का लिई निर्माणको काम शुरु गरेको हो । आगामी २०७७ फागुन १५ भित्र काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारी र विद्युत्का पोल नहटेकै कारण समयमा काम सकिने अवस्था नरहेको ठेकेदार कम्पनीले जनाएको छ । सघन शहरी विकास कार्यक्रमअन्र्तगत लम्की–खक्रौला सडकखण्डको टीकापुर मुख्य बजारमा पर्ने टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटरमा छ लेन सडक निर्माण भइरहेको हो ।

निर्माण पक्षले प्रसारण लाइनका कारण सडक निर्माणमा ढिलाइ भइरहेको बताएको छ । “बारम्बार पत्राचार गरेका छौँ, विद्युत् कार्यालयलाई प्रसारण लाइन हटाइदिन आग्रह गरिरहेका छौँ”, इञ्जीनियर शाहीले भन्नुभयो, “कयौँ पटक भेटेर पनि आग्रह गर्यौं तर पनि कार्यालयले वास्ता गरेको छैन, काम गर्न समस्या भएको छ ।”

सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीले समेत विद्युत् कार्यालयलाई प्रसारण लाइन हटाउन निर्देशन दिइसकेको छ । विद्युत् लाइन नसारेकै कारण सडक निर्माणका क्रममा काम गर्नसमेत जोखिम रहेको बताइन्छ । विद्युत् कार्यालय टीकापुरका प्रमुख हिमांशुकुमार यादव पोल सार्ने बारेमा स्टिमेट गरेर शहरी विकास मन्त्रालयमा पठाइसकेको बताउनुहुन्छ । “स्टिमेट शहरी विकास मन्त्रालय पठाइसकेका छौँ, त्यहाँबाट ऊर्जा मन्त्रालयमा आउनुपर्यो”, कार्यालय प्रमुख यादव भन्नुहुन्छ, “मन्त्रालयबाट प्राधिकरणको खातामा रकम जम्मा भएमा हामी बोलपत्र गरेर सार्ने काम गर्छौँ ।”

सङ्घीय सरकारको सहयोगमा टीकापुरमा अहिले छ लेनको सडक कालोपत्रसहित, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेका छन् । व्यवस्थित बसपार्क भने निर्माण सम्पन्न भई टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की