२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहामा विद्युत् चुहावट १० प्रतिशतले वृद्धि

२०७७, २ कार्तिक आईतवार ०८:४५

कार्त्तिक २, लहान । कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६÷७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ । विगतका वर्षमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा विद्युत् चुहावट अभियान सञ्चालन हुदाँ विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो ।

सरकारले गत चैत महिनादेखि गरेको लकडाउन र फैलिँदो कोरोना सङ्क्रमणको सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँगाउँमा टोली पठाउन नसकेका कारण चुहावट बढेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख ई धीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा विद्युत्को महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन  काट्दा रु तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ । आव २०७५/७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ ग्राहकको विद्युत लाइन  काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको थियो ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने २७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ । कालोसूचीमा रहेका ग्राहकबाट रु ६० लाख आठ हजार ४३८ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ३६ जनालाई पक्राउ गरी जरिवानावापत रु १७ लाख ८४ हजार ८६३ राजश्व सङ्कलन भएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका इञ्जीनियर रामजी साहले बताउनुभयोे ।

सो क्रममा २२० थान विद्युत् मोटरसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । कूल ५८ हजार ८८४ ग्राहकबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आव २०७६/७७ मा विद्युत् महसुल ९४ दशमलव ८२ प्रतिशत अर्थात् रु ३३ करोड ६६ लाख १६ हजार ४४० सङ्कलन गरेको इञ्जीनियर साहले बताउनुभयो ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ