साउन १६, डडेल्धुरा । लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, डडेल्धुरा । लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । "/>
2026-06-17 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा सैँतीस ग्रामीण सडकमध्ये ३२ अवरुद्ध

साउन १६, डडेल्धुरा । लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । 

वर्षाबाट सडक बिग्रिएपछि जिल्लामा रहेका ३७ ग्रामीण सडकमध्ये ३२ अवरुद्ध तथा बाँकी सडकमा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेका छन् । बगरकोट, रुपाल, डुङ्ग्री, देवलदिव्यपुर, ढिमौला, भद्रपुर, ढिमौला–चिपुर, रडुवा, कोटेली, विप्याकटाल, बेलापुर, अनारखोली, रडुवा, बडम लगायत ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकमा ठूला ठूला खाल्टा र पहिरा परेका कारण अधिकांश सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेको चालकको भनाइ छ । 

यातायातका सवारी साधन सञ्चालनमा आउन नसक्दा मानिसहरु सदरमुकाम लगायत अन्य क्षेत्रमा पैदल हिँड्न बाध्य छन् । ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउनमा समेत समस्या भएको ग्रामीण बस्तीका सर्वसाधारणको भनाइ छ । 

ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको अजयमेरु– १ स्थानीय बिस्ना खातीको भनाइ छ । ग्रामीण सडक अवरुद्ध हुँदा स्वास्थ्योपचारदेखि अन्य अत्यावश्क सेवाका लागि समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु