2026-09-12 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समयमा काम पूरा नगर्ने ठेकेदारलाई जरिवाना

कात्तिक २४,  वीरगञ्ज । बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रु एक करोड ६८ लाख जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको निर्माण कार्यको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले युनाइटेड विल्डर्सलाई कारवाही स्वरुप उक्त रकम जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनीयर विवेक झाले राससलाई बताउनुभयो । 

पथलैया वीरगञ्ज व्यापारीक मार्ग नामाकरण गरी दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण थालेको थियो । सङ्घीय सरकारको साढे ५ अर्बको लगानीमा सो सडक खण्डको ठेक्का लिएका युनाइटेड विल्डर्सले भुक्तानीसमेत लिएर समयमा काम नगरेकाले उक्त कारवाही गरिएको सूचना अधिकारी झाको भनाइ छ । ठेक्का सम्झौता भई समयमा निर्माण कार्य सम्पन्न नभएपछि चार–चार पटक पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सम्पन्न नगरेकाले बाध्य भएर सरकारले कारवाही प्रक्रिया अघि बढाएको अर्का इन्जिनीयर सम्पतलाल दासले बताउनुभयो ।

 सो व्यापारिक मार्ग ४ वर्ष अघिनै सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न हुन नसक्दा वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायी प्रभावित हँुदै आएको छ । यता वीरगञ्ज पथलैया सडक खण्डको परवानीपुरसम्म सडक बनाउने ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले ठेक्का नम्बर १ अन्तर्गतको काम सम्पन्न नगरी अटेर गरेकाले कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रिया रोक्नका लागि पप्पुले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा हालेको सो कार्यालयले जनाएको छ ।

“कालोसूचीमा रहेका पप्पु कन्स्ट्रक्सनले आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न दिदैन । राजनीति आढमा बाधा अवरोध खडा गर्ने गरेको छ”, कार्यालयका कर्मचारीको भनाइ छ । सो सडकको निर्माण गर्ने ठेक्का पाएका अन्य ठेकेदार कम्पनीमध्ये केहीले बाटोमा खाल्डाखुल्डी बनाएर अलपत्र छाडेपछि सो सडकमा मालबाहक गाडीलाई आवतजावत गर्नमा कठिनाइ हुनुका साथै धुलो उड्दा यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।

समग्रमा सो व्यापारिक मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भए पनि बाँकी काम असार मसान्तसम्ममा पूरा नगरे ठेक्का पाएका अन्य ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाउने योजना प्रमुख मनिषकुमार साहले राससलाई बताउनुभयो । बढ्दो सवारी चापलाई मध्यनजर गर्दै उक्त दुई लेन सडकको विस्तार गरी ६ लेनको सडक निर्माण गर्न थालिएको छ । 

यस क्षेत्रमा सबैभन्दा बढी सवारी चाप रहेकाले सो सडकको निर्माण भएपछि औद्योगिक करिडोरमा सवारी साधनको चाप घट्ने तथा उद्योगी व्यापारीलाई आफ्नो सामान ओसारपसार गर्न सजिलो हुने छन् । पथलैयादेखि आइसिपीसम्म दुई खण्डमा निर्माण भइरहेको सो व्यापारिक सडकमा तीन वटा पुल निर्माण भइरहेको छ । सो सडक निर्माणकार्य समयमा सम्पन्न नहुँदा सवारी साधनको चापले दुर्घटना हुने, बाटो हिँडने यात्रुलाई स्वास्थ्यमा प्रतिकूल असर परी श्वासप्रश्वास रोगको शिकार हुने, सडक वारपार गर्न समस्या हुने भएकाले समयमै सडक निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन