Skip to content
Friday, July 17, 2026 Nepali Online Media

साढे सात करोड राजस्व सङ्कलन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १६, म्याग्दी । आव २०७२/७३ मा जिल्लाका २३ वटा सरकारी कार्यालयमार्फत रु सात करोड ४७ लाख राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सबैभन्दा बढी रु तीन करोड ३३ लाख राजस्व सङ्कलन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक युवराज पौडेलका अनुसार गत वर्ष रु आठ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो ।

यस वर्ष जिल्ला प्रशासन कार्यालयबाट रु दुई करोड पाँच लाख ६७ हजार, मालपोत कार्यालयबाट रु ६३ लाख ३५ हजार, जिल्ला शिक्षा कार्यालयबाट रु ४० लाख ४८ हजार, जिल्ला विकास समितिबाट रु ३० लाख ८९ हजार र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट रु १८ लाख ५२ हजार राजस्व सङ्कलन भएको छ ।

त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिबाट रु १६ लाख ४२ हजार, जिल्ला अदालतबाट रु १४ लाख ८३ हजार, जिल्ला हुलाक कार्यालयबाट रु सात लाख ८१ हजार, नापी कार्यालयबाट रु चार लाख ३१ हजार, जिल्ला कारागारबाट रु तीन लाख पाँच हजार, जिल्ला वन कार्यालयबाट रु दुई लाख १६ हजार तथा जिल्ला स्वास्थ्य कार्यालयबाट रु एक लाख ९१ हजार राजस्व सङ्कलन भएको बताइएको छ । रासस