पढ्न करिब 2 मिनेट लाग्छ

साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ ।

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्लाका पूर्वी भेगका बाकामलाङ, सहलकोट, गाडाकोट, मित्याल, झिरुवास, गल्धा, सिलुवा, गेझा, तनहुँको गजरकोट, स्याङजाको चापाकोट, सेखाम, साँखरका किसानले उत्पादन गरेका तरकारी, गेडागुडी, फलफूल बजारसम्म पु¥याउन सकिएको छैन ।

पछिल्लो समय तरकारीबाटै आत्मनिर्भर वनेका यस क्षेत्रका किसान वर्षाका कारण सामान बिक्री गर्न नपाउँदा समस्यामा परेका छन् । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको सहलकोट भाङबारीका ५० जना व्यावसायिक किसानले रामपुरको बेझाड बजारमा तरकारी ढुवानी गर्न नसक्दा त्यत्तिकै खेर गएको अगुवा कृषक हीराबहादुर रानाले बताउनुभयो ।

“गत महिना तरकारी बेचेर रु एक लाख बराबरको आम्दानी गरेको थिएँ, अहिले तरकारी नै बेच्न पाइएन,” उहाँले भन्नुभयो । उहाँले अहिले १० रोपनी जग्गामा गोलभेँडा, खुर्सानी, सिमी जातका तरकारी लगाउनुभएको छ । यस क्षेत्रमा मात्रै दैनिकजसो तीन क्विन्टलभन्दा बढी तरकारी उत्पादन हुने गरेको नमुना कृषि समूहका अध्यक्ष यमबहादुर मश्राङ्गीले बताउनुभयो ।

त्यस्तै गजरकोट तनहुँका किसानले पनि बाटोकै कारण रामपुरको बजारमा तरकारी पु¥याउन नसक्दा घरमै कुहिएको छ । बाटोकै कारणले ग्रामीण सडक सञ्चालन नहुँदा प्रत्यक्ष रुपमा किसान मारमा परेको कृषि सेवा केन्द्र रामपुरका प्रमुख नवराज घिमिरेले बताउनुभयो । रासस