साउन १९, पर्वत । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण पर्वत जिल्लाका विभिन्न गाविसमा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ । 

बाढी र पहिरोका कारण सातवटा विद्यालय भवन भत्किएका छन् भने हावाहुरीका कारण सातवटा विद्यालयको भौतिक संरचनामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, पर्वत । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण पर्वत जिल्लाका विभिन्न गाविसमा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ । 

बाढी र पहिरोका कारण सातवटा विद्यालय भवन भत्किएका छन् भने हावाहुरीका कारण सातवटा विद्यालयको भौतिक संरचनामा"/>

2026-09-19 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतमा बाढीपहिरोबाट विद्यालय र खानेपानी योजनामा क्षति

साउन १९, पर्वत । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण पर्वत जिल्लाका विभिन्न गाविसमा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ । 

बाढी र पहिरोका कारण सातवटा विद्यालय भवन भत्किएका छन् भने हावाहुरीका कारण सातवटा विद्यालयको भौतिक संरचनामा क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समिति पर्वतले जनाएको छ । 

बाढीपहिरोका कारण जिल्लाको महेन्द्रोदय प्रावि कुर्घा, जनजागरण प्रावि फलामखानी, समाजकल्याण प्रावि माझफाँट, श्रमिक प्रावि मालढुङ्गा, शिवालय उच्च मावि अगुवा स्रोत केन्द्र कुश्मा र जिल्ला शिक्षा कार्यालय कुश्मा तथा कृष्णधर्म उच्च मावि धाइरिङको भौतिक संरचनामा क्षति पुगेको छ । 

बर्खे बिदा भएर पढाइ सुचारु हुने बेलामा बाढीका कारण कक्षाकोठा भत्किने र बगाएका कारण नियमित पठनपाठनमा असर पुगेको जिल्ला शिक्षा कार्यालय पर्वतमा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी हावाहुरीका कारण लाङ्दी प्रावि देउराली, पञ्चकोसी उच्च मावि आर्थर, सरस्वती प्रावि आर्थर, जनजागृत प्रावि खौलालाकुरी, जननेत्र उच्च मावि देउपुर, सरस्वती प्रावि रानीपानी र नवजागृत बहुमुखी क्याम्पस तिलाहारमा क्षति पुगेको थियो । 

हावाहुरीले विद्यालयका छाना उडाउने, गाह्रो भत्किने भए पनि अहिलेसम्म पुनःनिर्माण हुन नसकेको विद्यालयले गुनासो गरेका छन् । जननेत्र उच्च मावि देउपुरमा हावाहुरीले छाना उडाउँदा दुई विद्यार्थी समेत घाइते भएका थिए । 

जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार शिक्षा कार्यालय पर्वतले अविरल वर्षा एवम् हावाहुरीका कारण १४ विद्यालय भवनमा क्षति पुगेको जनाएको छ । 

भौतिकरुपमा क्षति पुगेका विद्यालय भवन मर्मत एवम् पुनःनिर्माणको कार्य गर्न सम्बन्धित विद्यालयमा प्राविधिक खटाई लागत तयार गरी मर्मत सम्भार एवम् पुनःनिर्माणको आवश्यक व्यवस्था मिलाउन जिल्ला शिक्षा कार्यालय पर्वतलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबै विद्यालयबाट क्षतिको यकिन मूल्याङ्कन आइनसके पनि करोडौँ रुपैयाँको क्षति पुगेको पाइएको छ । मर्मत तथा पुनःनिर्माणको कार्य गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न समेत कार्यालयलाई आग्रह गरिएको प्रजिअ मरासिनीले जानकारी दिनुभयो । 

त्यस्तै वर्षाका कारण जिल्लाका नौवटा खानेपानी योजना प्रभावित बनेका छन् । खानेपानी योजना बाढीपहिरोले अवरुद्ध हुँदा हजारौँ बासिन्दा स्वच्छ खानेपानी पिउनबाट वञ्चित हुनुपरेको खानेपानी तथा सरसफाइ डिभिजन कर्यालय पर्वतले जनाएको छ । 

लगातारको बाढीपहिरोका कारण पुङ्दीखोला खानेपानी आयोजना माझफाँट, साउने पानी मिलन चोक खानेपानी आयोजना, धाइरिङ, हलले खानेपानी आयोजना क्याङ, ठूलीपोखरी खानेपानी आयोजना ठूलीपोखरी, छिपछिपे कुलाको चौर खानेपानी आयोजना, खौलालाकुरी, जुकेपानी खानेपानी आयोजना, खौलालाकुरी, सिम्ले खानेपानी आयोजना, पाखापानी, बृहत् खानेपानी आयोजना रानीपानी र पिँडला भिरमुनि ठूलोस्वारा खानेपानी अयोजना कुश्माको मुहान तथा पाइप बगाउनेजस्ता क्षति भएको बताइएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका अनुसार बाढीपहिरोले प्रभावित आयोजनाको पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी लागत अनुमानसमेत संलग्न गरी पेस भएका आयोजनालाई सम्बन्धित निकायमा मर्मतसम्भार तथा पुनःनिमाणका लागि सिफारिस गरिएको डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार केही योजना सामान्य मर्मतपछि सञ्चालन हुने भए पनि केही योजनालाई ठूलै योजना र बजेट खर्चिनुपर्ने देखिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ