पढ्न करिब 2 मिनेट लाग्छ

साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ ।

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलुङ्गे पुल शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन् ।

विसं २०७१ असार १० गते नयाँ बाटो रुविना मना जेभी तनहुँसँग रु १४ करोड लागतमा ठेक्का सम्झौता भएको हो । पुलको हालसम्म कुनै पनि काम अघि बढ्न नसक्दा यस क्षेत्रका स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।

विसं २०७४ असार ९ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुलको तत्कालीन नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले वैदिक विधिअनुसार पुल शिलन्यास गर्नुभएको थियो ।

पुल निर्माणका लागि स्थानीय रुरुवासी पटकपटक सम्बन्धित मन्त्रालय र मन्त्री कहाँ भेट गर्न गइसकेका छन् । तर पुल बन्ने आश्वासन मात्र पाएको बताउँछन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग सस्पेन्सन ब्रिज डिभिजन, डोलिडारअन्तर्गत काम गर्ने सम्झौता भएको जिल्ला प्राविधिक कार्यालय गुल्मीका इञ्जिनियर प्रकाश थापाले बताउनुभयो ।

यस क्षेत्रको तीन जिल्लाका धार्मिक र पर्यटकीय क्षेत्रलाई पहिचान गराउनका साथै स्थानीयवासीलाई सुविधाका लागि पुल बनाउन थालिएको हो । लामो समयसम्म पुलको काम नै सुरु नहुँदा स्थानीयवासी पुल बन्ने हो किन होइन भन्नेमा अलमलमा परेको स्थानीय परशुराम भट्टराईले बताउनुभयो ।

कम्पनीका ठेकेदार महेन्द्र अधिकारीले पुलको डिजाइन गर्न एक वर्ष लागेको बताउँदै नाकाबन्दीका कारण काम गर्न नसकिएको बताउनुभयो । आगामी असोजदेखि काम सुरु गरेर २०७५ साल असार मसान्तभित्र काम सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

कालीगण्डकी र रिडी खोलाको सङ्गमस्थल रहेको रुरु क्षेत्रमा तीन जिल्ला जोड्ने नेपालकै नमुना झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पाल्पा, गुल्मी र स्याङ्जा तीन तिरबाट १७७।४ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गर्ने र मध्य भागमा तीनवटै पुललाई जोड्ने ४२ मिटरको अग्लो खम्बा राखी पुल निर्माण गर्ने डिजाइन गरिएको छ । रासस