Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदूरपश्चिम प्रदेश : पानीघट्ट लोप हुँदै

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ५, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् ।  अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने गरेका छन्् ।

पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहँु, कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे ।  अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका  डडेल्धुरा नवदुर्गा, १ का लोकेन्द्र विकले जानकारी दिनुभयो ।

सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरालगायतका जिल्लाका विभिन्न ठाउँमा रहेका हजाराँै सङ्ख्यमा रहेका पानीघट्ट प्रयोग बिहीन रहेका र उक्त घट्टलाई नयाँ प्रविधिका साथ सञ्चालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैरसरकारी संस्थाले जनाएको छ ।

हाल प्रयोगविहीन रहेका पानीघट्टलाई सुधार गरेर आधुनिक अनुसार पिसानी, तेल पेलानी र काठ चिरानीसमेत गर्न सक्ने उक्त संस्थाले  जनाएको छ । पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको थियो ।

अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानीपिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्ने र हाल आधुनिक घट्ट  सुधारबाट नै कुटानीपिसानी गर्ने गरेका छन् । मिलमा कुटानीपिसानी गरेबापत प्रति किलोको चारदेखि पाँच रुपैयाँसम्म रकम दिनुपर्ने पर्दछ ।

अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नुपरेको पानीघट्ट चलाउँदै आएकी गन्यापधुरा –५ का  कमला ताम्राकारले बताउनुभयो ।

घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।  मिलमा भनेकै समयमा कुटानीपिसानी हुने भएकाले पानीघट्ट प्रयोग गर्नको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नु परेपछि पानीघट्ट लोप हुन लागेका ताम्राकारको भनाइ छ । सुदूरपश्चिम पहाडी जिल्ला डडेल्धुरामा करिब १०० पानीघट्ट रहेकामध्ये हाल एक दर्जन मात्र घट्ट सञ्चालन भइरहेका छन् ।

यस्तै बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सयौं घट्टहरु आधुनिकत्ता बढेपछि बन्द अवस्था रहेका छन् भने न्यूनअवस्थामा सञ्चालनमा रहेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका, ६ र ७ मा रहेका अधादर्जन  घट्ट अहिले बन्द अवस्थामा रहेका अमरगढी नगरपालिका–७ का कमल साहुले बताउनुभयो ।

घट्ट सञ्चालन गर्ने सञ्चालकलाई सुदूरपश्चिमको भाषामा (भग्या) अर्थात पीठो पिसानीपछि पैसाको सट्टा केही भाग पीठो (माना पाथी) माग्ने घट्ट सञ्चालको नाम भग्या भनेर पनि चिनिने नाम अझै छन् । तर घट्ट भने लोप हुने अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो ।