२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा स्वास्थ्य बीमा कार्यक्रम

२०७७, २१ माघ बुधबार ०८:४६

माघ २१, दाङ । दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु तीन हजार ५०० बुझाएमा एक वर्षका लागि रु एक लाख बराबरको स्वास्थ्य बीमा हुने छ । रु एक लाख बराबरको उपचार परिवारमध्येका जुनसुकै बिरामी भए पनि पाउनेछन् । 

कार्यक्रमअन्तर्गत ६ देखि माथिको परिवार सदस्य भए प्रतिसदस्य रु ७०० बीमा शुल्क लाग्ने र रु दुई लाखसम्मको बीमा सरकारले गर्ने छ । स्वास्थ्य जोखिम न्यूनीकरण गर्दैै पैसाको अभावमा कोही पनि रोगी भएर बस्नु नपर्ने भन्दै सरकारले दाङमा माघ ३० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो । 

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्यअनुसार सबै पालिकाका हरेक वडामा एकजना दर्ता सहयोगी छनोट गरी तथ्याङ्क सङ्कलन गरेर बीमामा सर्वसाधारणलाई आबद्ध गराउने काम शुरु हुने कार्यक्रम सहजकर्ता नरेश चौधरीले जानकारी दिनुभयो । जिल्लाका दशवटै नगर तथा गाउँ कार्यपालिका सदस्य, स्वास्थ्यका कर्मचारी र कार्यालयका शाखाप्रमुखहरुलाई स्वास्थ्य बीमा कार्यक्रमबारे अभिमुखीकरण गर्ने क्रम जारी छ । 

सरकारले अति गरिब, पूर्ण अपाङ्गता, क्षयरोग, कुष्ठरोग, एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम ल्याएको छ । 

यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाको परिवारलाई योगदानको रकम ५० प्रतिशत छुट हुने छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामीलाई एक हजार ३३ प्रकारका औषधि, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचार निःशुल्क हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बीमाको कार्यक्रम शुरु भएसँगै दाङ ६६ जिल्लाको सूचीमा परेको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले प्रथम उपचार सेवाका रुपमा आफू बसोबास गरेको क्षेत्रको अस्पतालको नाम उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली