२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर ट्र्याक

२०७७, २५ माघ आईतवार १३:०७

माघ २५, कैलाली । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सडक हो सेती लोकमार्ग । यो लोकमार्गको निकै चर्चा हुने गर्छ । वर्षेनी पर्याप्त बजेट विनियोजन नहुँदा झण्डै ३५९ किलोमिटर लामो यो लोकमार्ग निर्माण शुरु भएको ११ वर्षमा १३० किलोमिटर मात्र ट्र्याक खुलेको छ ।

कैलालीको भागमा छ दशममलब पाँच किलोमिटर लामो भागमा कालोपत्रेको काम गरिएको छ । कालोपत्र गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झण्डै २० दशमलब पाँच किलोमिटर सडकखण्ड मिसिएको छ ।

अछामको साँफेबगर बजारदेखि घुघुरकोटसम्मको १० दशमलब पाँच किलोमिटर र बझाङको तमैल बजारदेखि चैनपुरसम्मको १० किलोमिटर लामो यो सडक अन्य राजमार्गका सडकखण्डसँग मिसिएको छ । मिसिएका सडकखण्ड कालोपत्र हुँदा (ओभरल्यापको हिसाब गर्दा) सेती लोकमार्गको अहिलेसम्म जम्मा २७ किलोमिटर कालोपत्र भएको जनाइएको छ । बीस दशमलब पाँच किलोमिटर लामो भागमा ग्राभेल गर्ने कार्य भएको छ । 

चैनपुरदेखि कैलालीको टीकापुरसम्मको झण्डै २४२ किमि लामो सेती लोकमार्ग सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी छ । बझाङको चैनपुरस्थित सेती लोकमार्ग आयोजना कार्यालयका सूचना अधिकारी विष्णुराज खातीले पर्याप्त बजेट नहुँदा निर्माणको काम सुस्त रहेको बताउनुभयो । “चैनपुरदेखि उरै भञ्ज्याङसम्मको भागमा भौगोलिक विकटतासँगसँगै वर्षायाममा वर्षाको र जाडो याममा हिमपातको समस्या हुँदा पनि निर्माण कार्यमा समस्या भइरहेको छ”, खातीले भन्नुभयो, “वर्षभरीमा छ महिना मात्र काम गर्न सकिने भए पनि बजेट पर्याप्त नहुँदा काम सुस्त छ ।” 

चैनपुरदेखि ताक्लाकोटसम्मको झण्डै ११७ किलोमिटर खण्डमध्ये ३५ किमीको भागसम्म मात्र ट्र्याक खोलिएको छ । बयासी किमीको भागमा ट्र्याक खोल्न बाँकी छ । यो भागमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम पूरा भए पनि ६७ किलोमिटर लामो भागमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन बाँकी छ । सेतीका पाँच जिल्ला कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाकालाई जोड्ने यो लोकमार्ग उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक पनि हो । 

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण चीनको मानसरोवर पुग्न यो लोकमार्ग छोटो मार्ग हुने देखिएको छ । लोकमार्गको निर्माण पूरा हुन सकेमा मानसरोवर आवागमन सहज हुने मात्र नभइ सुदूरपश्चिम प्रदेशको समग्र विकासमा कोशे ढुङ्गा सावित हुने विश्वास गरिएको छ । आव २०६५÷६६ मा निर्माण शुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकता प्राप्त सडक आयोजना हो ।

कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्मको खण्डलाई दक्षिणी खण्ड र बझाङ सदरमुकाम चैनपुरदेखि उत्तरतर्फ रहेको सिमानाका ताक्लाकोटसम्मको खण्डलाई उत्तरी खण्डको नाम दिई यो सेती लोकमार्ग निर्माणाधीन छ । अछामको साँफेस्थित सेती लोकमार्ग योजना कार्यालयका प्रमुख लालीतजन खनालले सेती अञ्चालका पाँच जिल्ला जोड्दै मानसरोवर जाने र उत्तर–दक्षिण जोड्ने यो सडक निकै महत्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले यो लोकमार्गको दुवै खण्डको सडक निर्माणका लागि सरकारले चालू वर्षमा रु १५÷१५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सेती लोकमार्ग निर्माण कार्य शुरुका वर्षमा सुदूरपश्चिमको सडक डिभिजन कार्यालयमार्फत हुँदै आएकामा केही वर्षपछि अछामको साँफे र बझाङको चैनपुरमा स्थापना गरिएका दुई छुट्टाछुट्टै सेती लोकमार्ग योजना कार्यालयमार्फत निर्माणको कार्य भइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला