साउन २१, कालिकोट | शिघ्रकुपोषण न्यूनिकरण गर्न कालिकोटमा बहिरंग उपचार सेवा अभियान लागु हुने भएको छ । जिल्लामा शिघ्रकुपोषणको मात्रा ब्यापक भएपछि यसको नियन्त्रण तथा न्यू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, कालिकोट | शिघ्रकुपोषण न्यूनिकरण गर्न कालिकोटमा बहिरंग उपचार सेवा अभियान लागु हुने भएको छ । जिल्लामा शिघ्रकुपोषणको मात्रा ब्यापक भएपछि यसको नियन्त्रण तथा न्यू"/>
2026-07-04 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिघ्र कुपोषण न्यूनिकरण गर्न बहिरंग सेवा

साउन २१, कालिकोट | शिघ्रकुपोषण न्यूनिकरण गर्न कालिकोटमा बहिरंग उपचार सेवा अभियान लागु हुने भएको छ । जिल्लामा शिघ्रकुपोषणको मात्रा ब्यापक भएपछि यसको नियन्त्रण तथा न्यूनिकरणकोलागि यस्तो अभियान लागु हुने भएको हो । विगत केही दशक पहिलेबाट नेपाल सरकारले थालेको कुपोषण उन्मुलन अभियान अन्तर्गत कालिकोटमा विगत केही बर्ष देखि बहुक्षेत्रीयपोषण जस्ता विभिन्न पोषण अभियान लागुभैरहेपनि शिघ्र कुपोषणको संख्यामा कमि आउन नसकेपछि जिल्लामा शिघ्रकुपोषण अभियान संचालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले आज जिल्ला सदरमुकाम मान्ममा एक कार्यक्रमको आयोजना गरी जिल्लामा शिघ्रकुपोषण भएका बालबालिकाको अवस्था र यसको न्यूनिकरणका लागि संचालन गरिने अभियानबारे जिल्ला स्तरीय सरोकारवालाहरुलाई जानकारी गराएको छ । शिघ्रकुपोषण भएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थामा ल्याई उनीहरुको स्वास्थ्य परिक्षण गरी यसको नियन्त्रण तथा निर्मुल पार्ने अभियान अगाडी बढाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कौषलअलीले बताउनु भएको छ ।
पोषण तथा खाध्य सरक्षा निर्देशक समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता, युनिसेफ नेपालका क्षेत्रिय प्रतिनिधि प्रकाशचन्द्र जैसीको बिशेष अथित्यतामा संचालित कार्यक्रममा हाल जिल्लामा रहेको शिघ्रकुपोषणको बहिरंग उपचार तथा परामर्श कार्यक्रम संचालन अभियान जिल्लाका ७ वटा क्षेत्र जिल्ला स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउ, स्वास्थ्य चौंकी मेहलमुडी, स्वास्थ्यचौकी स्यूना, स्वास्थ्यचौकी धौलागोह, स्वास्थ्यचौकी राचुली र स्वास्थ्यचौकी गेलामा संचालन गर्ने पोषण कार्यक्रमका फोकल पर्शन कटक महतले बताउनु भएको छ । 
जिल्लाका ७ वटा केन्द्रबाट ३० वटै गाविसका शिघ्रकुपोषण बालबालिकाहरुलाई बहिरंग सेवा संचालन हुने अभियानबारे जिल्ला विभिन्न सरोकारवाला निकायहरुले आआफ्नो राय तथा विचारहरु प्रस्तुत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काले कार्यक्रमबारे बोल्दै जिल्लाबाट कुपोषण निर्मुल नभए सम्म बहुपोषण अभियान निरन्तर लागु गर्नु पर्ने बताउनु भएको छ । यस्तै पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ शाखा कालिकोटका उपाध्यक्ष पवित्रकुमार शाहीले पोषण कार्यक्रमबारे जिल्लाका सबै समुदायलाई सुसुचित गराउन रेडियो कार्यक्रम तथा पत्रपत्रिकाहरुमा शन्देशमुल सूचनाहरु प्रचारप्रशार गर्न आवश्यक रहेको बताउनु भयो । यस्तै राजनैतिकदलको तर्फबाट एमाले जिल्ला कमिटि सचिव चित्रसिंह गाउलेले शिघ्रपोषण कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न राजनैतिक दलहरुले खेल्नपर्ने भूमिकाबारे सबै राजनैतिक दलहरु प्रतिवद्ध रहेको बताउनु भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो