<p><b>फागुन ३, काठमाडौँ । </b>सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आइतबारको तुलनामा प्रतितोला रु एक सयले घटेर सोमबार छापावाल सुनको मूल्य ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस्तै सोमबार चाँदीको १३४० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी १३३५ रुपैयाँमा कारोबार भएको थियो ।</p>
