२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा फाइभ जी फ्रिक्वेन्सी निर्धारण

२०७७, ३ फाल्गुन सोमबार ०९:१७

फागुन ३, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । 

प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।  

उहाँका अनुसार फोरमले गरेको सिफारिसका आधारमा सात सय, नौ सय, दुई हजार तीन सय र दुई हजार छ सय मेगाहर्ज ब्याण्डलाई तल्लो ब्याण्डअन्तर्गत, तीन हजार तीन सय, तीन हजार चार सय, तीन हजार छ सय र चार हजार सय मेगाहर्जलाई मध्यम तथा २६ गिगाहर्ज ब्यान्डलाई उच्च ब्याण्डको सूचीमा राखेर प्राधिकरणले उक्त समितिमा सिफारिस गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री संयोजक रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको निर्णयपछि मात्रै फ्रिक्वेन्सी सेवा प्रदायकले पाउने वा नपाउने निर्धारण हुनेछ । 

यसअघि प्राधिकरणले नेपालमा फाइभजी विस्तारका लागि प्राधिकरणका सञ्चालक सदस्य मणि चौलागाईंको संयोजकत्वमा राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमलाई अध्ययनको जिम्मा दिएको थियो । चोलागाईंको संयोजकत्वको उक्त फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेल तथा नेपालमा दूरसञ्चार उपकरण बिक्री गरिरहेका चिनियाँ कम्पनी हुवावे र जेडटीईका प्रतिनिधि सदस्य रहनुभएको थियो ।  

उक्त फोरमले गत मङ्सिरमा नेपालमा फाइभजी सेवा सञ्चालन गर्न सकिने आशयको फ्रिक्वेन्सी पहिचान प्रतिवेदन प्राधिकरणमा पेश गरेको थियो । उक्त फोरमले पेश गरेको प्रस्तावका आधारमा प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेर राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्वाव पेश गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो