2026-08-26 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बारीमै थन्कियो डोटीमा किसानको अदुवा

फागुन ४, काठमाडौँ। जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको हो । वर्षभरिको आम्दानीको स्रोतको रुपमा लिइने अदुवा व्यापारीले विभिन्न बहाना बनाउँदै किन्न नै नआउने गरेपछि अदुवा घरैमा कुहिन थालेको किसानको गुनासो रहेको छ । ग्राहक नआउदा बारीमै अदुवा कुहिन थालेपछि किसान निराश भएको बडिकेदार गाउँपालिका–५ का स्थानीयवासी टेकबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षभरिको आम्दानी अदुवा थियो त्यही पनि किन्न व्यापारी आउदैनन्, बारीमै कुहिने भयो ।” अदुवा किन्न ग्राहक नआउँदा तथा किसानले काँचो अदुवाको मूल्य प्रतिकेजी रु ६० तोकेपछि बिक्री वितरणका लागि झनै समस्या भएको किसानको भनाइ छ । 

मकै र कोदो छाडेर अदुवाखेती गर्दैआएका यहाँका किसान अदुवा बिक्री नभएपछि चिन्तित बनेका छन् । जिल्लाको बडिकेदार, जोरायल, बोगटान फुड्सिललगायतका गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेको जोरायल गाउँपालिका–६ निरौलीका हिक्मतबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले मनग्य आम्दानी होला भनेर अन्य खेती छोडेर अदुवाखेती गरेका छन्, अदुवा किन्न ग्राहक नै आउदैनन् निकै समस्या भयो ।” अदुवा जिल्लाको बिपीनगर, जोरायल, खसरेमा भण्डारण गरी त्यहाँबाट बिक्री वितरण हुने भए पनि यो वर्ष किसानको बारीबाट नै अदुवा नआएपछि अदुवा भण्डारण केन्द्र पनि खाली अवस्थामा रहेका छन् । 

खाद्यबाली र तरकारीको विकल्पमा अदुवालगायका कृषक अदुवा नै बिक्री नहुन थालेपछि यो वर्ष कसरी घरखर्च चलाउने भन्ने समस्यामा परेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी स्थानीय बन्दना विष्ट (कलेल) ले बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्यान्न र तरकारी लगाउन छोडेर अदुवाखेती गरियो अहिले बिक्री नै भएको छैन, अब कसरी हातमुख जोर्ने भन्ने पिर परेको छ ।” 

उचित बजार, मूल्य तथा ग्राहक नपाउँदा यहाँका किसानको सयौँ किलो अदुवा बारीमै थन्किएको स्थानीय शान्तिदेवी कलेलले जानकारी दिनुभयो । यहाँका घागल, बर्छैन, लानाकेदारेश्वर, मन्नाकापडी, कोला, स्याली, निरौली, खसरे, चिउरी, भुजाली, सडेखान, छेडा, गैमोडा, जैसिबाज, रिठारा, बुडाकोट, रिसडीलगायतका ठाउँमा व्यावसायिक रुपमा उदुवा उत्पादन हुन्छ । यहाँ उत्पादित अदुवाको प्रमुख बजार विपीनगर, शिवनगर, कैलालीको अत्तरिया तथा भारतका शहर हुन् । यति मात्र नभइ भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा  किन्न थालेका कारण कृषक मारमा परेका छन् । 

बडिकेदार गाउँपालिकामा दुई हजार घरधुरीले व्यावसायिक अदुवाखेती गर्दै आएको बडिकेदार गाउँपालिका–१ भक्तबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका अधिकांश किसानले वर्षमा कम्तीमा एक जनाले तीनदेखि चार क्वीन्टलसम्म अदुवा उत्पादन गर्छन् । अन्य खेती भन्दा अदुवाखेती गर्न सजिलो तथा मनग्य आम्दानी हुने भएका कारण पनि किसान पछिल्लो समय अदुवा खेतीमा अकर्षित हुँदै गएको बडिकेदार गाउँपालिका कृषि एकाइ केन्द्रले जनाएको छ । 

धान उत्पादन वृद्धि 

मान्म– कालीकोटमा गत आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षमा मौसम राम्रो भएकाले धान उत्पादन २५ प्रतिशतले बढेको छ । कालीकोटमा चालू आर्थिक वर्षमा धान उत्पादन बढेको कृषि विकास कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिनुभयो । “धान उत्पादन हुने क्षेत्र तिलागुफा नगरपालिकाको चिल्खाया, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा जिल्लाकै बढी धान उत्पादन भएको छ ।” 

उहाँले भन्नुभयो,“चालू आर्थिक वर्षमा इतिहासकै बढी धान उत्पादन भएको हो ।”कालीकोटमा धान मात्र नभएर अन्य बाली पनि चालू आर्थिक वर्षमा ४०० मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । कोरोना महामारीका कारणले विदेशवाट घर फर्केका बेरोजगार युवाका लागि ५० लाखसम्मको लागि कृषि व्यवसाय प्रवद्र्धन अन्तर्गत जिल्लामा तीन सय जनाको आवेदन परेको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । 

उहाँका अनुसार पचास लाख बजेटमा तीन सय बेरोगारको दरखास्त परेकाले छनोटमा समस्या भएको र एक जनालई रु एक लाखसम्म बजेट पर्ने र तीन सय जनामा ५० जनासम्म छनोट गर्ने तयारी कार्यालयले गरेको छ ।

असिनाले तरकारी बारीमा क्षति

दमौली– सोमबार साँझ परेको असिना पानीले तनहुँका विभिन्न भागमा हिउँदेबाली र तरकारी खेतीमा क्षति पुगेको छ । असिना पानीले हिउँदेबाली र तरकारी खेतीमा पूर्ण क्षति पु¥याएको तनहुँको शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । यसपालीको हिउँद लागेपछि पहिलो पटक यति ठूलो वर्षा भएको हो । 

एकातिर खेतीपाती गर्ने बेलामा परेको पानीले किसानलाई राहतको महसुस गराएको छ, तर अर्कोतर्फ भीषण असिनाले लाखाँैको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार असिनाले पु¥याएको क्षतिको विवरण आउन बाँकी छ । 

शुक्लागण्डकी नगरपालिका र भीमाद नगरपालिकामा भीषण असिना पानी परेको हो । अपरान्ह ४ बजेदेखि शुक्लागण्डकीको सेतीपारीका वडामा असिना पानी परेको हो । ढोरफिर्दी, छब्दी, साँखे, कोलम्फे गुर्दुमलगायतका स्थानमा असिना बर्सिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग