2026-10-14 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली

फागुन १३, डोटी । दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर रित्तै हात घर फर्किए । उहाँको परिवारलाई अनुदानमा तीन बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ ।

जिल्लामा वर्षौँदेखि काम गर्दै आएको सिड नेपाल नामक संस्थाले आफ्नोे दातृ संस्थाको सहयोगमा उक्त गाउँपालिकामा भएका दर्जनौँ गरिब तथा विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेपछि आफूहरूमा खुशीयाली छाएको सन्तोषले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा समस्या भएर कमाउनका लागि भारत गएको थिएँ, कोरोनाले कमाउन सकिन, घरैमा बसेको थिएँ, संस्थाका बाख्रा पाएपछि अब जीवन चलाउन सहज हुनेछ ।”

उहाँजस्तै सो वडामा बाख्रा पाएका स्थानीयवासी, दलित तथा विपन्न परिवार अहिले निकै खुशी छन् । बाख्रापालनले जीवनयापनमा सहज भएको भन्दै यहाँका गरिब तथा विपन्न वर्गमा खुशीयाली छाएको अर्का स्थानीयवासी जवानसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूसँग बाख्रा किन्न रकम थिएन, अहिले संस्थाले घरैमा आएर निःशुल्क बाख्रा दिएकामा गरिब तथा विपन्न वर्ग खुशी भएका छन् ।” घरमा लगाइएको खेतीपातीले कम्तीमा पनि पाँच महिनासम्म खान नपुग्ने गरेका विपन्न परिवारलाई बाख्रापालनबाट सहयोग होस् र आम्दानी बढोस् भनेर निःशुल्क बाख्रा वितरण गरिएको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “रकम दिएर जीविका चलाउन नसकिने भएपछि बाख्रा दिँदा आम्दानी हुने तथा आयस्तर पनि बढ्ने अवस्था देखेपछि हामीले बाख्रा वितरण गरेका छौँ, गरीखाने वर्गलाई राम्रै हुनेछ ।”

संस्थाले दिएका तीन बाख्रासँगै यहाँका किसानले आफूले पनि ऋण लिई बाख्रा किन्न थालेको धिर्कामाडौँकी दलित महिला सीतादेवी ढोलीले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थाले तीन बाख्रा दिएको छ, हामीले पनि ऋणपान गरी बाख्रा किनेका छौँ, बाख्राले राम्रो आम्दानी हुने आश गरेका छौँ, ५०/६० बाख्रा पु¥याएर यसलाई व्यवसायका रूपमा अगाडि बढाउने सोचमा छु ।” व्यावसायिकरूपमा बाख्रापालन गरेर आफ्ना बालबालिकालाई स्कूल पढाउन तथा खानाका लागि सधैँ अरुसँग मागेर दैनिक गुजारा गर्ने अवस्था अन्त्य हुनेमा यहाँका दलित तथा विपन्न वर्ग आशावादी भएका छन् ।

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सिड नेपालले बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा धिर्कामाडौँका कम्तीमा पनि २५ घरधुरीलाई निःशुल्करूपमा बाख्रा वितरण गरेको छ । हरेक घरधुरीलाई तीन वटाका दरले ७५ बाख्रा र दुई  बोका वितरण गरिएको सिड नेपाल डोटीले जनाएको छ । वितरण गरिएका बाख्राका लागि २५ खोरसमेत निर्माण गरिएको छ । 

जीविकोपार्जन पुनःस्थापनाका लागि जलवायु संवेदनशील सुशासन परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको संस्थाका परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिनुभयो । वितरण गरिएका बाख्राको रेखदेख तथा दिगोपनाका लागि समय–समयमा संस्थाले नै निरीक्षण गर्ने योजना बनाएको छ । सिड नेपालले दातृ संस्थाको सहयोग तथा गाउँपालिकासँगको समन्वयमा कम्तीमा पनि २०० बाख्रा वितरण गरिसकेको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश