2026-08-26 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो

फागुन १४, रसुवा | चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी गराइएको हो । गत वर्ष ११ हजार केजी चिज तथा चार हजार केजी मखन उत्पादन भएकामा यस वर्ष छ हजार ५०० केजी चिज एवं दुई हजार २०० केजी मखन मात्र उत्पादन गरिएको छ । उत्पादित चिज तथा मखन अधिकांश काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारणमा पठाइसकिएको बताइन्छ ।

पहिला–पहिला आम्दानी गर्ने कुनै स्रोत नहुँदा दूध बिक्रीबाट आम्दानी गराई ग्रामीण गरिबी न्यूनीकरणमा मद्दत पुर्याउने उद्देश्यले विसं २०२७ मा स्थापित चन्दनवारी चिज उत्पादन केन्द्रले दर्जनाँै किसानलाई आयआर्जनमा टेवा पुर्याइरहेको रसुवाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताउनुभयो । नेपालकै जेठो मानिएको विसं २००९ मा स्थापित लाङटाङस्थित क्याङ्जेन तथा पछिल्लो समय छ÷सात वर्ष पहिला स्थापना भएको धुञ्चेलेक र गतलाङ चिज केन्द्रले पनि उत्पादनमा ५० प्रतिशतले घटाएको सम्बन्धित केन्द्र प्रमुखले जानकारी दिनुभएको छ ।

वार्षिक ५० हजार केजीको हाराहारीमा उत्पादन हुने चिज कोरोनाको असरकै कारण केन्द्रीय आदेशमा उत्पादन घटाइएको रसुवामा कार्यरत प्रमुखहरूले बताउनुभएको छ । प्रतिकेजी रु एक हजार ६०० कायम भएको चिजको बिक्री मूल्य रु २०० घटाई हाल एक हजार ४०० कायम भएको बताइन्छ । चाँैरीपालक कृषकको सङ्ख्या करिब ५०० को हाराहारीमा रहेका छन् ।

लेकाली चिसो हावापानी जङ्गलको चरन क्षेत्रमा चरेर बसेका चौरीँगाईको शुद्ध दूधबाट बनेको ‘अग्र्यानिक’ चिज मिठो र पोषणयुक्त हुने चिकित्सकहरूले बताएका छन् । चिज उत्पादनको समय भने वैशाखदेखि कात्तिक १५ गते पहिलादेखि निर्धारित समय यथावत रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग