साउन २२, पर्वत | पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पर्वत | पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो ।
2026-07-25 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वत सुनचाँदी व्यवसायी संघमा विकास चयन

साउन २२, पर्वत | पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा ठाकुर वि पौडेल, कृष्णबहादुर सुनार, सचिवमा आनन्द विश्वकर्मा, कोषाध्यक्षमा कुलबहादुर विश्वकर्मा, सहसचिवमा विकास रसाइली, सहकोषाध्यक्षमा काशीराम विश्वकर्मा रहेका छन् । सहस्यहरुमा महलाल विश्वकर्मा, सुजन सुनार, कृष्णबहादुर विश्वकर्मा, सुर्य रसाइली, सन्तोष विश्वकर्मा, टिकाराम विश्वकर्मा, दिपक रसाइली र भुवन विश्वकर्मा रहेका छन् । सुनचाँदी व्यवसायीका केन्द्रिय अध्यक्ष मणिरत्न शाक्यको आथित्यतामा भएको कार्यक्रममा बोल्दै उनले सुनचाँदी व्यवसायीको हकहितको लागि आफुले आवाज उठाउने बताए । देशभरीमा हजारौको संख्यामा सुनचाँदी व्यवसायी रहेको र लाखौले प्रत्यक्ष रोजगार पाएको भन्दै उनले सुनचाँदी व्यवसायीको हकहितको लागि आवाज उठाउने उनले बताए । उनले हिन्दु पराम्पार अनुसार हरेक चाड पर्वत तथा रितिरिवाजमा परापुर्वकाल देखि चल्दै आएको भन्दै यसको संरक्षण तथा सम्बद्धनमा लाग्नुपर्नैमा जोड दिए । बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणलेवृद्धि भएपछि सुन तथा गरगहनाको कारोवार प्रभावित भएको बताउनु भयो ।  सुनको मुल्य सस्तिएको समयमा खरिद गरेका उपभोक्ताले अहिले मँहगिएको बेला विक्री गर्दा बजारमा नकरात्मक प्रभाव परेको बताउनु भयो । सुन तथा गरगहानाको व्यापारमा मन्दी आएर ह्वात्तै घटेको भएपनि विवाह,व्रतबन्ध तथा तीज लगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको बताउनु भयो ।

पर्वत सुनचाँदी व्यवसायी संघ पर्वतका अध्यक्ष लखन सुनारको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहनकुमार विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष प्रेम सेनचुरी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक गंगा पन्त,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गोपी अधिकारी,फर्निचर उद्योग व्यवसायी संघ पर्वतका अध्यक्ष मथुराकुमार जोशी,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु निर्मल विश्वकर्मा, राजेन्द्र विश्वकर्मा,केशवहादुर विश्वकर्मा,जोगलाल विश्वकर्मा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष विक्रम सुनार,कास्कीका अध्यक्ष चन्द्रकिशोर गौत्तम, तनहुँका अध्यक्ष बावुराम विश्वकर्मा,गोर्खाका अध्यक्ष कृष्णवहादुर विश्वकर्मा,नवलपरासीका अध्यक्ष भिमसिङ विश्वकर्मा,बाग्लुङका अध्यक्ष सुदेश राजभण्डारी, म्यादीका अध्यक्ष दिपेन्द्र विश्वकर्मा,पर्वत सुनचाँदी व्यवसायी संघ पर्वतका पूर्व अध्यक्ष मनोहर वि.पौडेल, पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत सल्लाहकार जितवहादुर सुनार,पर्वत सुनचाँदी व्यवसायी महिला संघका अध्यक्ष तारा विश्वकर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत उपाध्यक्ष विकास सुनार धन्यवाद मन्तव्य पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत उपाध्यक्ष ठाकुर वि. पौडेल र सञ्चालन संघका सचिव मोहलाल विश्वकर्माले गर्नुभएको थियो । सोही अबसरमा जिल्लामा सुनचाँदी व्यवसायीको हकहितको लागि उदाहरणीय काम गरेको भन्दै बेलबहादुर विश्वकर्मा, मनोहर विश्वकर्मा र निर्मल विश्वकर्मालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरीएको थियो । उक्त कार्यक्रममा आव  ०७१।७२ तथा ०७२।७३ को आयव्ययको प्रतिबेदन समेत प्रस्तुत गरीएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ