ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्"/>
2026-09-19 02:58 AM
अर्थ/विकास

संघिय संरचना अनुरुप डडेल्धुरामा प्रस्ताबित ४ स्थानिय तहमा स्थानियहरुको असहमति

ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्थानिय तह निर्धारण गरिने प्रारम्भिक खाका तयार पारिएको भएपनि स्थानियहरुले भने यसमा असहमति जनाएका छन । अमरगढी नगरपालिका, अजयमेरु, समैजी, असिग्राम र कोटेली गाविसका नागरिकहरुसँग जिल्ला विकास समितिको सभाहलमा आज गरिएको पहिलो छलफलका क्रममा सहभागिहरुले यस्तो असहमति जनाएका हुन ।

जिल्लाको भौगोलिक अवस्थिति, ऐतिहासिक भौगोलिक निरन्तरता र भौतिक पुर्वाधारहरुको बिशिष्टताले डडेल्धुरामा ४ वटा तहबाट बढाएर ७ वटा स्थानिय तह हुनु पर्ने माग गरेका हुन । सुझाव सङ्कलनका क्रममा सहभागिहरुका अनुसार २ वटा नगरपालिका र ५ वटा गाँउपालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराका संयोजक तथा स्थानिय बिकास अधिकारी पुरुषोत्तम ढकालले भने प्रस्ताबित खाकामा भुगोललाई पनि आधार मान्न सकिने बताएका छन । यसैबीच आज नै बगरकोट, रुपाल, भागेश्वर, देवलदिव्यपुर, चिपुर र भद्रपुर गाविसका नागरिक सँग बगरकोटमा समेत परामर्श गरिएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी पुरुषोत्तम ढकालले बताएका छन ।    

जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका बिषयमा बहस गर्न स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति आज देखि ग्रामिण स्तरमा गएको हो । जसमा आइतबार परशुराम नगरपालिका, आलिताल र गाङ्खेत गाविसका नागरिकहरु सँग परशुराम नगरपालिकाको लालढुङ्गामा परामर्श गरिने र आइतबार नै बेलापुर, मणिलेक, नवदुर्गा, मष्टामाण्डौँ, कैलपालमाण्डौँ र गणेशपुर गाविसका नागरिक सँग नवदुर्गाको डाँडावनमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई