सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयो"/>
2026-09-19 02:02 AM
अर्थ/विकास

पाँच महिना देखी नगरपालिकाका गाउँ अन्धकार

सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयोग गर्दै आएका जयपृथ्वी नगरपालिकाका गाँउहरु विद्युत मर्मतका कारणले  विगत ५ महिना देखी अन्धकारमा छन् । जाईका संस्थाले डोग्री विद्युत गृहको  मर्मत गरिरहेकाले  सरकारी कामकाज र सदरमुकाम चैनपुर बजारलाई मध्यनजर गरि जेनेटर चलाएर केहि क्षण बैकल्पीक विद्युतको आपुर्ती गरिए पनि चैनपुर बाहिरका २ हजार परिवार पुर्णरुपमा अन्धकार छन् । 

पावर हाउस र बाँधको पुनर्निमाण गर्दा विद्युत लाईन सुचारु गर्न नसकिने  भएपछि गएको चैत्र महिनामा जाईका संस्थाका कर्मचारी र र्निमाण कम्पनीहरुले  विद्युत बन्द गरि दिएका हुन  । 

आज विद्युत आउला भोली आउला भन्दै पर्खेको ५ महिना विति सक्यो सुवेडाका दिपकराज जोशीले भने तर अहिले सम्म गाँउलेहरुले टुकी बालेर रात काट्नु परेको छ ।  जिर्ण विधुत गृह जाईकाले मर्मत गरेपछि त राम्रै विजुली आउला भन्ने सोचेका थिऔ उनले भने उल्टो उनिहरुकै प्राविधिक कारणले आज सम्म विधुत आउन रोकिएको सुनिएको छ  ।  विधुत सुचारु नहुदाँ नगरपालीका भित्रका हेमन्तवाडा, लुयाटा, चैनपुर,  रिठापाटा र सुवेडा अन्धकार छन्  । जाईका सस्थाको लगानीमा जापानकै मारुतीसिङ र फुजी नामक र्निमाण कम्पनीले ठेक्का लिएर जिर्ण विधुत गृहको पुन र्निमाण गरि रहेको हो । विधुत गृह संचालन गर्दै आएका  सुर्मादेखी विधुत प्रालीका प्रबन्धक नवराज जाग्रीले उनिहरुकै प्राविधिक कमजोरीले विधुत सुचारु गर्न बाधा भएको वताए  । उनले भने पुन र्निमाणको काम सवै सकिएर जाईकाको टोली फिर्ता भएको हो तर नहरमा पानी नआउने मेसिनको समस्याले विधुत नियमित गर्न गाह्रो छ । 

२ सय किलोवाट क्षमताको विधुत गृह भएपनि उनिहरुले जडान गरेको मेसिन वाट १ सय ५० भन्दा बढी विधुत उत्पादन भएको छैन प्रबन्धक जाग्रीले भने बालुया ढुड्गा जम्मा  भएर नहरमा पानी छिर्ने सक्दैन कसरी विधुत बल्छ ? गतवर्ष वाट पुन र्निमाणको काम सुरु गरेको जाईकाले साविककै २ सय किलोवाट पनि विधुत उत्पादन गरेन । जाईकाले २ सय किलो वाट  विधुत मर्मतका लागी झण्डै ८० करोड खर्च गरेर सदरमुकाम चैनपुर लगाएत वरपरका २ हजार घर परिवारको  विधुतको सुविधा नपाएपछि यसको लगानी त्यसै खेरजाने भएको पत्रकार हिक्मत सिंहले वताए । उनले भने विधुत जिर्णहुदाँ पनि जुनकिरी जस्तो विधुत थियो अहिले करौडौ खर्च गरेर मर्मत गर्दापनि यस्तो अवस्था आएपछि काम गरेको अर्थ भएन  । यता जाईका सस्थाका प्रतिनिधि भरतजंङ कार्कीले आयोजनामा केहि प्राविधिक समस्या आएकाले विधुत सुचारु गर्न समस्या भएको तर टोली बर्खापछि फिर्ता भएर बाँकी काम गर्ने वताए । विधुत गृहवाट विधुत नआएपछि अहिले पनि पावर हाउस र्निमाण कम्पनीहरुले सदरमुकामका लागी जेनेटर बालेर विधुत दिई रहेको छ ।  नेपाल सरकार विधुत प्राधिकरणको स्वामित्वमा रहेको बझाङ साना जलविधुत योजना डोग्री  ४०  वर्षअगाडी  र्निमाण भएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई