2026-10-13 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अस्पताललाई अक्सिजन सिलिण्डर

वैशाख २९, काठमाडौँ | ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन  सिलिण्डर उपलब्ध गराएको छ । फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताउनुभयो ।

धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना सङ्क्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासङ्घले अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो ।

व्यवसायीहरूबाट अक्सिजन भरेर अस्पताललाई उपलब्ध गराएको  महासङ्घका महासचिव रेग्मीले बताउनुभयो । हरेक दिन कोरोना सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्वअन्तर्गत बजारमा सिलिण्डरसमेत नपाइने अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । व्यवसायीहरुसँग उठाएर ल्याइएको सिलिण्डर रिफिल र ढुवानी खर्च निर्माण व्यवसायी नारायणकुमार श्रेष्ठले बेहोर्नु भएको छ ।

जिल्ला प्रसाशनको अनुरोधमा ह्वासिन सिमेन्ट उद्योगले १५ वटा अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई उपलब्ध गराएको छ । सिमेन्ट उद्योगले निःशुल्क उपलब्ध गराएको थियो । यससँगै धादिङमा हाल १३० अक्सिजन सिलिण्डर रहेको छ । हरेक दिन २५ देखि ३० अक्सिजन सिलिण्डर बिरामीलाई प्रयोग गरिरहेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली