८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालोपत्र सडक १५ हजार ९७४ किमी पुग्यो

१४ जेष्ठ २०७८, शुक्रबार १३:२५

जेठ १४, काठमाडौँ | रणनीतिक र स्थानीय गरी गत फागुन मसान्तसम्ममा १५ हजार ९७४ किमी कालोपत्रसहित गरी जम्मा सडकको लम्बाइ ३३ हजार ५२८ किमी पुगेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ग्राभेल सडक आठ हजार ६२२ किमी र कच्ची सडक नौ हजार १९८ किमी पुगेको उल्लेख छ । 

गत फागुनसम्ममा ५५० किमी कालोपत्र, ५०४ किमी ग्राभेल र २८४ किमी कच्ची सडक निर्माण भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्क छ । आव २०७६/७७ सम्ममा कालोपत्र सडक १५ हजार ४२४ किमी थियो भने आव २०७५/७६ १४ हजार ६९५ किमी रहेको थियो । गत आवमा ७२९ किमी कालोपत्र, ७६३ किमी ग्राभेल र ३५६५ किमी कच्ची सडक निर्माण भएको थियो । 

सडक विभागले गत फागुनसम्ममा देशभरमा गरी १२९ पुल निर्माण सम्पन्न गरेको छ । गत आवमा २१० पुल सम्पन्न भएको थियो । गत आवमा ३६० किमी सडक आवधिक मर्मत भएकामा चालु आवमा फागुनसम्ममा १८७ किमी कालोपत्र सम्पन्न भएको छ । 

चालु आवको फागुनसम्ममा प्रादेशिक र स्थानीयस्तरबाट निर्माण भएको जम्मा सडकको लम्बाइ ६३ हजार ५७७ किमी पुगेको छ । कालोपत्र सडक चार हजार २७४ किमी, ग्राभेल १३ हजार ३९७ किमी र कच्ची सडक ४५ हजार ९०६ किमी रहेको छ । वाग्मती प्रदेशमा सबैभन्दा बढी २४ दशमलव सात प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच दशमलव एक प्रतिशत सडक निर्माण भएको छ । वाग्मती र प्रदेश नं २ मा सडकको घनत्व सबैभन्दा बढी छ भने कणार्ली प्रदेशमा सबैभन्दा कम छ ।

प्रादेशिक र स्थानीय तहमा निर्माण भएका सडकमध्ये कालोपत्र सडक सात प्रतिशत, ग्राभेल २१ प्रतिशत र कच्ची सडकको अंश ७२ प्रतिशत छ । प्रादेशिक र स्थानीयस्तरबाट निर्माण भएका सडकमा पहाडी क्षेत्रमा सबैभन्दा बढी र हिमाली क्षेत्रमा कम सडक निर्माण भएको पाइएको छ । गत फागुनसम्ममा नै प्रदेश र स्थानीय सडक सञ्जालमध्ये हिमाली क्षेत्रमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको छ । निर्माण भएका सडकमध्ये प्रदेश र स्थानीय तहमा रहेका सडकको अंश झण्डै बराबर छ । हालसम्म हिमालमा सडकको लम्बाइ १० हजार ५६ किमी, पहाडमा ३५ हजार १७ किमी र तराईमा १८ हजार ५०५ किमी पुगेको छ । 

प्रादेशिक सडकको लम्बाइ ३१ हजार ९६६ किमी र स्थानीय सडकको लम्बाइ ३१ हजार ६१२ किमी पुगेको छ । लुम्बिनी प्रदेशमा स्थानीय सडकभन्दा प्रादेशिक सडकको अंश बढी छ भने वाग्मती प्रदेशमा प्रादेशिकभन्दा स्थानीय सडकको अंश बढी छ । विगतमा जिल्ला सडकका रूपमा रहेका सडक पनि प्रादेशिक सडकका रूपमा गणनाा गरिएको छ । 

सरकारले स्थानीय तहको प्रशासनिक केन्द्र, जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गसँग जोडेर बाह्रै महिना चल्ने गरी रूपान्तरणकारी आयोजना सञ्चालन गरेको छ । प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममार्फत आयोजना अघि बढाइएको हो ।

राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्गमा चालु आवमा ५६ किमी सडक कालोपत्र भएको छ । आयोजनामा एक हजार ८७९ किमी सडक निर्माण गर्नुपर्नेमा ९७० किमी सडक कालोपत्र भएको छ । सो राजमार्गमा १२९ पुल निर्माण गर्नुपर्नेमा ८४ सम्पन्न भएको छ । हुलाकी राजमार्गमा चालु आवमा थप १४६ किमीसहित जम्मा ६५८ किमी सडक कालोपत्र सम्पन्न भएको छ । आयोजनामा फागुनसम्ममा थप चारसहित ९९ पुल सम्पन्न भइसकेको छ । 

गत फागुनसम्ममा नै उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा १५ किमी सडक कालोपत्र सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला खण्डमा चालु आवमा ३७ दशमलव पाँच किमी ग्राभेल सम्पन्न भएको छ । कर्णाली करिडोरमा हिल्सा–सिमकोट–सलीसल्ला र खुलालु–सलिसल्ला गरी दुवै खण्डमा  पाँच दशमलव तीन किमी सडक ट्र्याकको निर्माण भएको छ । कोशी करिडोरमा दुई किमी सडक चौडा गरिएको छ भने १० दशमलव पाँच किमी सडकको सर्भे गरिएको छ । 

तराई/मधेशको सदरमुकामलाई भारतीय सीमासम्म जोड्ने सडकमध्ये रानी–विराटनगर–इटहरी नौ किमी, जटही–जनकपुर–ढल्केबर दुई दशमलव सात किमी, वीरगञ्ज–पथलैया खण्डमा सात दशमलव ७५ किमी, बेहलिया–बुटवल खण्ड शून्य दशमलव ३५ किमी र मोहना–अतरिया छ दशमलव ९२ किमी सम्पन्न भएको छ । त्यस्तै झापाको शान्तिनगरदेखि डढेलुधराको रुपालसम्मको मदन भण्डारी राजमार्गमा ३८ किमी सडक कालोपत्र भएको छ । 

२६४ झोलुङ्गे पुल सम्पन्न

स्थानीय पूर्वाधार विभागबाट गत फागुनसम्ममा २६४ झोलुङ्गे पुल र पाँच सडक पुल निर्माण गरिएको छ । हालसम्म विभागले निर्माण गरेको सडक पुलको सङ्ख्या ५९६ र झोलुङ्गे पुलको सङ्ख्या आठ हजार ८१६ पुगेको छ । पहिचान भएका १४३ तुइनमध्ये १२९ तुइन झोलुङ्गे पुलको निर्माण गरी विस्थापित गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?