2026-10-13 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रम मन्त्रालयको बजेट १४ अर्व: के के छन् बजेटमा समेटिएका कार्यक्रम ?

जेठ १५ , काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १४ अर्व बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन् । 

के के छन् कार्यक्रम ? 

योगदानकर्ताले २०७८ जेठ र असारमा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने योगदान रकम सरकारले जम्मा गरिदिने भएको छ । गत वर्ष सरकारले चार महिनाको रकम सरकारले जम्मा गरिदिएको थियो । कोभिड-१९ को समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदाताहरुलाई राहत उपलव्ध गराउने नीति अनुसार सरकारले यस्तो व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जनाएका छन् । हालसम्म समाजिक सुरक्षा कोषमा १३ हजार ८ सय ८७ रोजगारदाता मार्फत २ लाख ४ हजार ९६८ योगदानकर्ता सहभागी भएका छन् । 

यसैगरी आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको दायरालाई विस्तार गर्दै स्वरोजगार, करार र ज्यालादारीमा कार्यरत श्रमिकलाई पनि सहभागि गराउने बजेट मार्फत सरकारले घोषणा गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्दै आगामी आर्थिक वर्ष २ लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने बजेटले व्यवस्था गरेको छ । न्यूनतम १ सय दिनको रोजगारी सिर्जना गर्न १२ अर्व रकम बजेट विनियोजन गरिएको छ ।

यसैगरी विदेशबाट फर्केकाहरु तथा स्वदेशमा नै रोजगारी गुमाएकाहरुलाई विभिन्न स्वरोजगमूलक कार्यमा संलग्न हुन सीप विकासका लागि पनि ४० करोड रकम बजेटमा व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । स्वदेशी उद्योगमा सीप सिक्न चाहनेहरुका लागि ३ महिनाको रकम सरकारले व्यहोरिदिने भएको छ । त्यसरी सीप सिकेकाहरुलाई सम्वन्धित उद्योगले दुई वर्ष रोजगारी उपलव्ध गराउनु पर्नेछ । यसले थप २५ हजार व्यक्तिले रोजगारी प्राप्त गर्ने अपेक्षा सरकारले गरेको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण ऋण लिने कार्यक्रमलाई यसवर्ष पनि सरकारले निरन्तरता दिने भएको छ भनें श्रम अडिटलाई प्रभावकारी बनाइने अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर लिइने ऋणमा बैंकले लिने व्याजमा सरकारले ५ प्रतिशत व्याज अनुदान उपलव्ध गराउँदै आएको छ ।

औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकहरुको सामुहिक दुर्घटना वीमालाई नि:शुल्क बनाइने तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुको अनिवार्य दुर्घटना वीमाको व्यवस्था गरिने बजेटमा व्यवस्था गरिएको छ । घरेलु उद्योगलाई प्रोत्साहित गर्न सरकारले थप कार्यक्रम ल्याएको अर्थमन्त्री पौडेलले बताए ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षदेखि सर्वकालिक सामाजिक सुरक्षा अन्तर्गत दिईंदै आएको रकममा ३३ प्रतिशत वृद्दि गरेको छ । सो अनुसार हाल ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार पुग्ने भएको छ । हाल सो रकम मासिक ३ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की