७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञासँगै घट्यो डिजिटल भुक्तानी कारोबार

२ असार २०७८, बुधबार ०८:५०

समुन्द्रा घिमिरे । असार २, काठमाडौँ (रासस) । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा रु साढे दुई अर्बभन्दा बढीले कमी आएको छ ।

निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत रु एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई रु एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हँुदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

कुनको कति रकम घट्यो ?

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत चैतको तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा रु ९३ करोड २० लाखले कमी आएको छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । गत चैतमा रु एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा रु एक खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो ।

चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोेग भएकामा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । वैशाखमा रु दश अर्ब ८० करोड बराबरको कारोबार भएकामा गत चैतमा रु दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो ।

गत चैतमा वालेटमार्फत रु ११ अर्ब २१ लाख बराबरको कारोबार भएकामा वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा रु दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकामा वैशाखमा रु दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ ।

यस्तै गत चैतमा अनलाइन (इ–कमर्स) का माध्यमबाट रु दश अर्ब ५८ करोड बराबरको कारोबार भएकामा वैशाखमा कारोबार रकममा कमी आई रु ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैङ्किङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ ।

गत चैतमा मोबाइल बैङ्किङमार्फत रु ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकामा वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा रु २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?