७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नियमित अन्तराष्ट्रिय उडानको नाममा लुट, जतिमा टिकट बेचेपनि छुट !

५ असार २०७८, शनिबार ०८:५४

असार ५, काठमाडौँ | सरकारले कतार र टर्कीको लागि सातामा १/१ उडान नियमित उडान गर्न अनुमति दिएपछि टिकट शुल्क भने तेब्बरसम्म अशुली भईरहेको पाइएको छ । सामान्य अवस्थामा उडानको टिकट शुल्क २० देखि २५ हजारमा पाइने गरेकोमा अहिले ६०-६५ हजारसम्म भनिएको गुनाशो आईरहेको छ ।

त्यसो त यो समाचार तयार पार्ने क्रममा सामाजिक संजालमा अन्तराष्ट्रिय उडानको टिकट पाइन्छ भन्दै बिज्ञापन गरेकाहरुमध्ये फरक फरक नम्बरमा हामीले छड्के फोन गरेर बुझेका छौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले महँगो टिकट शुल्क लिनेलाई कारवाही गर्छौं भन्दै गर्दा नेपाल एयरलाइन्सको समेत उस्तै भनाई छ तर बजारमा भने अन्तराष्ट्रिय टिकट काट्नेले महँगो शुल्कमा टिकट काट्नु परेको बाध्यता छ ।  

यसै सम्बन्धमा अधिकांश ट्राभल एजेन्सीहरुसँग बुझ्दा काठमाडौँ-कतार उडानको एकातर्फी टिकट शुल्क ५५ हजार देखि ६५ हजार लिने गरेको जानकारी प्राप्त भएको छ । सामाजिक संजाल फेसबुकमा आफ्नो फोन नम्बर राखेर केहि ट्राभल्सहरुले टिकट बेच्न विज्ञापन गरेका छन् । हामीले अधिकांशलाई फोन गरेर बुझ्दा काठमाडौँ-दोहाको टिकट शुल्क औशत ६० हजार लाग्छ । एक ट्राभल्सबाट प्राप्त जानकारी अनुसार कतार एयरवेजमा सिट नपाउने तर नेपाल एयरलाइन्सको सिट पाइन्छ । जसको मूल्य ६० देखि ६५ हजार रहेको बताइएको छ । फोन सम्पर्कमा रहने व्यक्तिका अनुसार नेपाल एयरलाइन्सले दिने फेयरकै आधारमा सिस्टममा मूल्य महँगो देखाउँछ त्यसैको आधारमा टिकट शुल्क महँगो पर्छ । फोन मार्फत प्राप्त जानकारीमा भनिएको छ 'टिकट महँगो छ, सिटहरु पनि टाइट छ । हप्तामा एउटा फ्लाइट छ, टाइटनै हुन्छ नि !' 

त्यस्तै अर्का एक ट्राभल्सका प्रतिनिधि भन्छन् 'टिकटको पैसा बढी अशुली गरेको भन्दै हामी ट्राभल्सहरुलाई जुन बेलम लाग्छ, त्यसमा सत्यता छैन । महँगो टिकट शुल्कको विषयमा गुनाशो आईरहेको अहिलेको अवस्थामा उडान सहज नहुँदासम्म एयरलाइन्सलेले एकै मूल्यको टिकट बेच्नुपर्ने हो । एयरलाइन्स आफैले जनतालाई सुचित गरेर कुनैपनि ट्राभलमा टिकट काट्दा यति भन्दा बढी तिर्नुपर्दैन है भनेर सुचना दिनुपर्ने हो, त्यसो गरिएको छैन ।' 

त्यस्तै यसै विषयमा अर्को एक नम्बरमा सम्पर्क गर्दा उडान शुल्क भन्नको लागि पासपोर्टको फोटोकपि पठाउन आग्रह गरिएको छ । फोनबाट छड्के बुझ्दा फोन उठाउने व्यक्तिले भने 'धेरै उडानबाट एउटामा झारेको छ त्यहि भएर सिट लिन गाह्रो छ । म कोसिस गर्छु ।' ति व्यक्तिले पासपोर्टको फोटोकपि पठाएपछि मात्र टिकट लिईदिने बताए । ति व्यक्तिले भने 'फ्लाइट खुकुलो भए मात्र सस्तो फेयरमा टिकट पाउँछ, म एकछिन बाहिर छु सिस्टममा हेरेर कति पर्छ भन्नु सकिन्छ । तपाइँको पासपोर्टमको फोटोकपि पठाउनुस् ।' 

त्यस्तै फेसबुकमा सस्तो इ-टिकट नामको फेसबुकमा भेटिएको एक नम्बरमा फोन गर्दा टिकट लिन कोसिस गर्नुपर्ने बताइएको छ । फोन उठाउने प्रतिनिधिका अनुसार नेपाल एयरलाइन्सबाट जान सस्तो हुन्छ । एक महिलासँग भएको कुराकानी अनुसार नेपाल एयरलाइन्सको टिकट काट्न ५५ देखि ६० हजारको हाराहारीमा मूल्य पर्ने बताइएको छ । उनको अनुसार पनि टिकट लिन सिस्टमबाटै महँगो पर्ने बताइएको छ । त्यसो त मौकाको फाइदा उठाउदै अन्तराष्ट्रिय उडानको टिकट लिनेहरुलाई बिभिन्न बहाना बनाएर महँगो शुल्कमा टिकट लिन बाध्य समेत पारिएको जानकारी प्राप्त भएको छ । यति पैसा नतिरेसम्म टिकट पाउन नसकिने भन्दै अवैधानिक शुल्क लिएर टिकट दिने वा जसले बढी पैसा दिन्छ उसलाई मात्र टिकट थमाईदिने गरेको समेत गुनाशो आईरहेको छ ।

पछिल्लो समय जति पनि नियमित उडान भएका छन्, दुई तर्फी पूर्ण क्षेमता सिट भरिने गरेको छ । यस्तो अवस्थामा टिकटको शुल्क सामान्य अवस्थामा नियमित उडानकै सरह हुनुपर्ने हो तर त्यस्तो छैन । टिकट शुल्क ५० हजार घटीमा पाएको भन्ने उपभोक्ता पाउन सकिएको छैन । त्यसो त टिकट बिक्रि गर्न सक्रिय ट्राभल एजेन्सीकै प्रतिनिधिहरु यो कुरा स्वीकार्छन् । 

जब टिकट शुल्कको विषयलाई लिएर मिडियामा टिप्पणी सुरु हुन्छ तब प्राधिकरण र एयरलाइन्सहरु पानी माथिको ओभानो बन्न विज्ञाप्ति दिएर खण्डन गर्न वा आफूलाई बचाउन मात्र तत्पर हुन्छन् तर समस्याको निदान खोजिदैन । नियमित उडान भनिएपनि टिकट मूल्य चर्को भईरहेको गुनाशो चौतर्फी आईरहंदा अब पनि नेपाल नागरिक उड्ययन प्राधिकरण र नेपाल एयरलाइन्सले विज्ञप्ति निकाल्दै कारवाही गर्ने मात्र भनिरहेका हुन्छन् तर बजारमा आफैले छड्के गरेर उडानको टिकट मूल्य बारे बुझ्ने तथा अनुगमन गर्न चाहीरहेका हुँदैनन् । यस विषयले उड्ययन प्राधिकरण,  एयरलाइन्स र ट्राभल एजेन्सीहरुबीच मिलिमतोमा उपभोक्तामाथि अन्याय भईरहेको गुनाशो आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?