२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नियमित अन्तराष्ट्रिय उडानको नाममा लुट, जतिमा टिकट बेचेपनि छुट !

२०७८, ५ असार शनिबार ०८:५४

असार ५, काठमाडौँ | सरकारले कतार र टर्कीको लागि सातामा १/१ उडान नियमित उडान गर्न अनुमति दिएपछि टिकट शुल्क भने तेब्बरसम्म अशुली भईरहेको पाइएको छ । सामान्य अवस्थामा उडानको टिकट शुल्क २० देखि २५ हजारमा पाइने गरेकोमा अहिले ६०-६५ हजारसम्म भनिएको गुनाशो आईरहेको छ ।

त्यसो त यो समाचार तयार पार्ने क्रममा सामाजिक संजालमा अन्तराष्ट्रिय उडानको टिकट पाइन्छ भन्दै बिज्ञापन गरेकाहरुमध्ये फरक फरक नम्बरमा हामीले छड्के फोन गरेर बुझेका छौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले महँगो टिकट शुल्क लिनेलाई कारवाही गर्छौं भन्दै गर्दा नेपाल एयरलाइन्सको समेत उस्तै भनाई छ तर बजारमा भने अन्तराष्ट्रिय टिकट काट्नेले महँगो शुल्कमा टिकट काट्नु परेको बाध्यता छ ।  

यसै सम्बन्धमा अधिकांश ट्राभल एजेन्सीहरुसँग बुझ्दा काठमाडौँ-कतार उडानको एकातर्फी टिकट शुल्क ५५ हजार देखि ६५ हजार लिने गरेको जानकारी प्राप्त भएको छ । सामाजिक संजाल फेसबुकमा आफ्नो फोन नम्बर राखेर केहि ट्राभल्सहरुले टिकट बेच्न विज्ञापन गरेका छन् । हामीले अधिकांशलाई फोन गरेर बुझ्दा काठमाडौँ-दोहाको टिकट शुल्क औशत ६० हजार लाग्छ । एक ट्राभल्सबाट प्राप्त जानकारी अनुसार कतार एयरवेजमा सिट नपाउने तर नेपाल एयरलाइन्सको सिट पाइन्छ । जसको मूल्य ६० देखि ६५ हजार रहेको बताइएको छ । फोन सम्पर्कमा रहने व्यक्तिका अनुसार नेपाल एयरलाइन्सले दिने फेयरकै आधारमा सिस्टममा मूल्य महँगो देखाउँछ त्यसैको आधारमा टिकट शुल्क महँगो पर्छ । फोन मार्फत प्राप्त जानकारीमा भनिएको छ 'टिकट महँगो छ, सिटहरु पनि टाइट छ । हप्तामा एउटा फ्लाइट छ, टाइटनै हुन्छ नि !' 

त्यस्तै अर्का एक ट्राभल्सका प्रतिनिधि भन्छन् 'टिकटको पैसा बढी अशुली गरेको भन्दै हामी ट्राभल्सहरुलाई जुन बेलम लाग्छ, त्यसमा सत्यता छैन । महँगो टिकट शुल्कको विषयमा गुनाशो आईरहेको अहिलेको अवस्थामा उडान सहज नहुँदासम्म एयरलाइन्सलेले एकै मूल्यको टिकट बेच्नुपर्ने हो । एयरलाइन्स आफैले जनतालाई सुचित गरेर कुनैपनि ट्राभलमा टिकट काट्दा यति भन्दा बढी तिर्नुपर्दैन है भनेर सुचना दिनुपर्ने हो, त्यसो गरिएको छैन ।' 

त्यस्तै यसै विषयमा अर्को एक नम्बरमा सम्पर्क गर्दा उडान शुल्क भन्नको लागि पासपोर्टको फोटोकपि पठाउन आग्रह गरिएको छ । फोनबाट छड्के बुझ्दा फोन उठाउने व्यक्तिले भने 'धेरै उडानबाट एउटामा झारेको छ त्यहि भएर सिट लिन गाह्रो छ । म कोसिस गर्छु ।' ति व्यक्तिले पासपोर्टको फोटोकपि पठाएपछि मात्र टिकट लिईदिने बताए । ति व्यक्तिले भने 'फ्लाइट खुकुलो भए मात्र सस्तो फेयरमा टिकट पाउँछ, म एकछिन बाहिर छु सिस्टममा हेरेर कति पर्छ भन्नु सकिन्छ । तपाइँको पासपोर्टमको फोटोकपि पठाउनुस् ।' 

त्यस्तै फेसबुकमा सस्तो इ-टिकट नामको फेसबुकमा भेटिएको एक नम्बरमा फोन गर्दा टिकट लिन कोसिस गर्नुपर्ने बताइएको छ । फोन उठाउने प्रतिनिधिका अनुसार नेपाल एयरलाइन्सबाट जान सस्तो हुन्छ । एक महिलासँग भएको कुराकानी अनुसार नेपाल एयरलाइन्सको टिकट काट्न ५५ देखि ६० हजारको हाराहारीमा मूल्य पर्ने बताइएको छ । उनको अनुसार पनि टिकट लिन सिस्टमबाटै महँगो पर्ने बताइएको छ । त्यसो त मौकाको फाइदा उठाउदै अन्तराष्ट्रिय उडानको टिकट लिनेहरुलाई बिभिन्न बहाना बनाएर महँगो शुल्कमा टिकट लिन बाध्य समेत पारिएको जानकारी प्राप्त भएको छ । यति पैसा नतिरेसम्म टिकट पाउन नसकिने भन्दै अवैधानिक शुल्क लिएर टिकट दिने वा जसले बढी पैसा दिन्छ उसलाई मात्र टिकट थमाईदिने गरेको समेत गुनाशो आईरहेको छ ।

पछिल्लो समय जति पनि नियमित उडान भएका छन्, दुई तर्फी पूर्ण क्षेमता सिट भरिने गरेको छ । यस्तो अवस्थामा टिकटको शुल्क सामान्य अवस्थामा नियमित उडानकै सरह हुनुपर्ने हो तर त्यस्तो छैन । टिकट शुल्क ५० हजार घटीमा पाएको भन्ने उपभोक्ता पाउन सकिएको छैन । त्यसो त टिकट बिक्रि गर्न सक्रिय ट्राभल एजेन्सीकै प्रतिनिधिहरु यो कुरा स्वीकार्छन् । 

जब टिकट शुल्कको विषयलाई लिएर मिडियामा टिप्पणी सुरु हुन्छ तब प्राधिकरण र एयरलाइन्सहरु पानी माथिको ओभानो बन्न विज्ञाप्ति दिएर खण्डन गर्न वा आफूलाई बचाउन मात्र तत्पर हुन्छन् तर समस्याको निदान खोजिदैन । नियमित उडान भनिएपनि टिकट मूल्य चर्को भईरहेको गुनाशो चौतर्फी आईरहंदा अब पनि नेपाल नागरिक उड्ययन प्राधिकरण र नेपाल एयरलाइन्सले विज्ञप्ति निकाल्दै कारवाही गर्ने मात्र भनिरहेका हुन्छन् तर बजारमा आफैले छड्के गरेर उडानको टिकट मूल्य बारे बुझ्ने तथा अनुगमन गर्न चाहीरहेका हुँदैनन् । यस विषयले उड्ययन प्राधिकरण,  एयरलाइन्स र ट्राभल एजेन्सीहरुबीच मिलिमतोमा उपभोक्तामाथि अन्याय भईरहेको गुनाशो आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ