पढ्न करिब 1 मिनेट लाग्छ

साउन २९, उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको कृषि विकास बैंकको शाखा कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा रु ४१ करोड लगानी गरेको छ ।

सो बैंकका शाखा प्रबन्धक गिरीराज नेपालका अनुसार बैंकले गत आवमा रु ४१ करोड ९५ लाख ६१ हजार लगानी गरेको हो । बैकले रु ३६ करोड ९४ लाख ४६ हजार लगानी साँवा समेत असुलेको छ । बैंकले गत आवमा रु ८६ लाख ८३ हजार खर्च गरेर रु दुई करोड २० लाख ३८ हजार खुद नाफा गरेको प्रबन्धक नेपालले जानकारी दिनुभयो ।

बैंकले उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकासहित मधुमल्ला, टाँडी, जाँते, हसन्दह, राजघाट र इटहराका बासिन्दालाई सेवा पु¥याउँदै आएको छ । तीस वर्षअघि मोरङको इटहरा–७ बजारमा स्थापना भएको बैंक इटहरा–२ को सोमबारे हुँदै २०५८ सालदेखि उर्लाबारीबाट सेवा दिँदै आएको छ । रासस