सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ । 
2026-09-19 03:02 AM
अर्थ/विकास

जहाज आउन छोडेपछि बिमानस्थल खेलमैदानमा परिणत

सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ । 

जिल्लामा खेलमैदानको अभाव भएको र बिमानस्थल उपयोग नभएकाले जिल्ला स्तरिय खेलहरु हवाइ मैदानमा संञ्चालन हुने गर्दछन । जिल्लामा हुने गरेका राष्ट्रपती रनिङ सिल्ड देखि स्थानिय युवा क्लवहरुले चाडपर्वको अवसरमा आयोजना गरेका भलिबल,फुटबल, क्रिकेट लगायतका खेलहरु बिमानस्थलमै संञ्चालन हुने गरेका छन । 

बिमानस्थलमा जहाज नआएपनि नागरिक उड्ययन कार्यालयका २ जना कर्मचारी ७ बर्षदेखि विमानस्थल र कार्यालयको चौकिदारी गरिरहेको छन । लामो समयसम्म बिमानस्थल बन्द भएर गौचरणमा परिणत हुँदा समेत जिल्लाबाट प्रतिनिधित्व गर्ने ५ वटा सांसदहरुले पनि बिमान स्थल संञ्चालन गर्न पहल नगरेको स्थानिय कलक धामीले बताए । साताको २ दिन धनगढीबाट बझाङ नियमित उडान राखेर राज्यले बिमान स्थल संञ्चालन गर्नुपर्ने उनको भनाई छ । 

जहाज आउन थालेपछि नागरिक उड्ययन कार्यालय र नेपाल बायुसेवा निगमका कार्यालयले जिल्ला छोडेको छ । जहाज आउन छोडेपछि विमानस्थलको रेखदेख नहुँदा घेरवार र बिमानस्थलमा बनेको नागरिक उड्ययन कार्यालयको भवन पनि प्रयोग नहुँदै भत्किन थालेको छ ।  

लामो समय सम्म बन्द रहेको बिमानस्थल राज्यले तत्काल संचालन गर्नुपर्ने स्थानिय दिल बहादुर धामीले बताए । उनले भने जिल्लामा धेरै पर्यटकिय स्थलहरु छन पर्यटकिय स्थलको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका लागि र जिल्लाबासीका लागि पनि बिमानस्थल नियमित उडान आवश्यक छ । 

लामो समय सम्म जहाज आउन छोडेपछि विमानस्थलमा कहिले बालबालिका खेलिरहेका हुन्छन,कहिले गाई गोरु चरिरहेका हुन्छन भने कहिले महिलाहरु घाँस काटिरहेका हुन्छन ।  

जहाज नआएपनि  बिहान ४ बजेदेखि बेलुका ७ बजे सम्म कार्यालय र बिमानस्थलको चौकिदारी गरिरहेको नागरिक उड्ययन कार्यालयका कार्यालय सहयोगी खडक नेपालीले बताए । 

बझाङबासीले पटक पटक बिमानस्थल सुचारु हुनुपर्ने माग राख्दै आएको भएपनि सरकारले भने उडान संञ्चालन गर्नका कुनै चाँसो देखाएको छैन । 

२०३४ सालदेखि संञ्चालनमा रहेको नेपाल वायुसेवा नियमले नेपालगञ्ज,बझाङ र धनगढी साताको २ दिन नियमित उडान राखेको थियो । बझाङ भएर तिब्बतको मानासरोबर र साइपाल हिमाल जाने बाटो छोटो हुँदा बझाङ बिमान स्थललाई सरकारले  संञ्चालनमा ल्याउन सके राज्यको आर्थिक आम्दानीमा ठूलो टेवा पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई