भदौ ७, डोटी | डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिटका लागि सिफारिस गरिएको छ । सरकारले रुट पर्मिट नभएका सडकमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, डोटी | डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिटका लागि सिफारिस गरिएको छ । सरकारले रुट पर्मिट नभएका सडकमा स"/>
2026-09-19 12:43 AM
अर्थ/विकास

डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिट

भदौ ७, डोटी | डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिटका लागि सिफारिस गरिएको छ । सरकारले रुट पर्मिट नभएका सडकमा सवारी संचालन गर्न नपाईने निर्णय गरेसंगै जिल्लामा संचालनमा रहेका आठवटा ग्रामीण सडकहरुलाई रुट पर्मिट दिने निर्णय गरिएको हो ।

ती सडकहरुमा यातायात सेवा निरन्तर राख्नका लागि जिल्ला स्तरिय यातायात व्यबस्था समितिले अस्थायी रुट पर्मिटका लागि सिफारिस गरेको छ ।

सिफारिस भएका सडकहरुमा सडकको अबस्था हेरी केहीमा जीप र ट्याक्टर, केहीमा जीप ट्याक्टर र मिनि ट्रक र केहीमा ३२ सिटसम्मको मिनिबससम्म चल्न सक्ने निर्णय गरीएको छ ।  राजपुर–चवरा चौतारा सडक खण्डमा जिप र ट्याक्टर, दिपायल–डौड सडक खण्डमा जिप, ट्याक्टर र मिनि ट्रक, बुडर–जोरायल सडक खण्डको बाँझीलेकसम्म मिनिबस, र अगाडी जीप, ट्याक्टर र मिनि ट्रक, बिपिनगर–बागछेडा सडक खण्डमा मिनिबस, ट्याक्टर, मिनि ट्रक र जीप, समुहागाड–कपल्लेकी सडक खण्डमा जीप र ट्याक्टर,  शान्ति नगर–नारीदाङ सडकखण्डमा जीप, ट्याक्टर र मिनि ट्रक, तल्कोट–धुरकोट सडकखण्डमा जीप र ट्याक्टर र सिलगढी–झिंग्राना सडकखण्डमा जीप र ट्याक्टर चल्न पाउने निर्णय गरिएको छ ।

ती सडकहरुमध्ये विपि–नगर बागछेडा सडकमा यसअघि पनि अस्थायी रुटपर्मिट थियो । बुडर–जोरायल सडकखण्डमा पनि दुईबर्षअघिसम्म अस्थायी रुट पर्मिट थियो । तर, २९ जनाको ज्यान जानेगरी भएको जोरायल बस दुर्घटनापछि त्यहाँको रुटपर्मिट खारेज गरिएको थियो ।

बाकी सडकहरुमा स्थानीय प्रशासन र यातायात ब्यबसायीहरुको सामान्य निर्णयका आधारमा सवारी साधन चलिरहेका थिए । यसरी चल्ने सवारी साधनहरुले आफु जोखिम मोलेर चलाईरहेको भन्दै चर्को रुपमा भाडा अशुल्दै आईरहेका छन्  । यसविषयमा स्थानीय प्रशासनमा गुनासो पुगे प्रशासनले रुट पर्मिट नै नभएका सडकहरुमा लिने भाँडाको बिषयमा आफुहरुले कुनै किसिमको कार्बाही गर्न नसक्ने प्रतिक्रिया दिदै आएको थियो । अब, अस्थायी रुट पर्मिट पाएपछि ति सडकहरमा भाँडादर घट्नेमा सर्वसाधारणहमा आशा पलाएको छ ।

सिफारिस गरिएको रुटपर्मिट सेती अञ्चल यातायात ब्यबस्था कार्यालय धनगढी मार्फत बिभागमा पठाईएको यातायात ब्यबस्था कार्यालय दिपायलका प्रमूख खेमराज भट्टले जानकारी दिए । सिफारिस भएका सबै सडकहरुमा अस्थायी रुटपर्मिट केही दिनमा आउने उनले बताए । अस्थायी रुट पर्मिट दिनेसम्मको अधिकार बिभागले अञ्चल कार्यालयलाई प्रत्यायोजन गरेकाले धनगढी कार्यालयले नै केही दिनमा रुट पर्मिट उपलब्ध गराउने भट्टले बताए ।

रुट पर्मिटपछि सवारी दुर्घटना बिमा नपाउने अबस्था हट्ने भएको छ । जसले यातायात ब्यबसायीहरुको जोखिम हट्नेछ ।

रुट पर्मिट उपलब्ध भएका सडकमा जिल्ला यातायात ब्यबस्था समितिले तोकेको दरमा मात्रै भाँडा लिन मिल्ने उनले बताए । यसअघि सवारी साधनहरुले र यातायात ब्यबसायीहरुले मोनोपोली रुपमा भाँडा अशुलीरहेको गुनासो आउने गरेका भएपनि अब त्यसो नहुने बताईएको छ ।

अस्थायी रुट पर्मिट भएका सडकमा चल्ने सवारी साधनहरुको भाँडादर स्थानीय प्रशासन र यातायात व्यबसायीको छलफलका आधारमा निर्धारण हुने शैलेश्वरी यातायात ब्यबसायी संघका अध्यक्ष गणेश मलासीले बताए । यसअघि ती सडकहरुमा सामान्य निर्णयकै आधारमा सवारी साधन चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई