भदौ ९, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । 

सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । 

सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकास"/>

2026-10-15 04:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकी प्रभावित क्षेत्रमा विकास निर्माण ठप्प

भदौ ९, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । 

सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकासका पूर्वाधारका लागि बजेट आउनै छाडेको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । आयोजना बन्ने आशमा बसेका स्थानीयबासिन्दा सरकारको ढिलासुस्तीका कारण आयोजनाको निर्माणमा गति नआएकोप्रति असन्तुष्ट छन् । 

आयोजना निर्माण हुँदा पानीको सतहले छुने क्षेत्रका जग्गा किनबेचमा रोक्का गरिएको छ । गत चैतदेखि गोरखा र धादिङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गा खरिद, बिक्री तथा उक्त जग्गाको मुआब्जा समेत पाएका छैनन् । 

आयोजना बन्ने वा नबन्ने, मुआब्जा कति पाउने, स्थानान्तरण कहाँ हुनेजस्ता समस्याले प्रभावित क्षेत्रमा अन्योलता बढाएको आरुघाटका गणेश श्रेष्ठले बताउनुभयो । “भूकम्पले घर भत्कायो, व्यापार चौपट भयो, बैंकलाई किस्ता तिर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो । रोक्का जग्गाको मुआब्जा तथा पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्न नपाएको उहाँको भनाइ छ । 

आयोजना क्षेत्रमा अन्यत्र जस्तै भूकम्पले क्षति पु¥याएको र पाँच वर्षयता प्रभावित क्षेत्रमा विकासका पूर्वाधार लगायतका क्षेत्रमा बजेट नआएको स्थानीयको गुनासो छ । प्रभावित क्षेत्रका बासिन्दाले बैंकबाट लिएको ऋण र ब्याज मिनाहा गर्नुपर्ने, पुनःनिर्माणका लागि एकमुष्ट रु दुई लाख दिनुपर्ने तथा रोक्का गरिएको क्षेत्रमा अर्धपक्की घर बनाउन पाउनुपर्नेलगायत माग गर्दै आएका छन् । 

गत असार अन्तिम साता गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्वुङ गाविसका बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिए पनि वितरण हुन सकेन । गोरखा र धादिङका प्रभावितलाई एकै पटकमा मुआब्जा वितरण गर्ने भन्दै तत्कालका लागि मुआब्जा वितरण प्रक्रिया रोकिएको थियो । 

“बूढीगण्डकी किन तीव्र गतिमा निर्माण भएन भनेर म कसैलाई दोष दिन्न” गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भन्नुभयो, “हाम्रो ९सरकारको० अर्कमण्यताले जनताले दुःख पाए ।” एक साता गृहकार्य गर्ने हो भने प्रभावित क्षेत्रमा मुआब्जा वितरण गर्न सकिने उहाँको भनाइ छ । 

बूढीगण्डकी आयोजना विकास समितिमार्फत वा कम्पनीमार्फत कुन नमुनाबाट अघि बढ्ने टुङ्गो लागेको छैन । मुआब्जा बाँड्न बजेट आएको भए पनि वितरण नहुँदा फिर्ता गएको थियो । आयोजनाबारे अन्योलता हटाउन बूढीगण्डकी विकास समितिको पहलमा तथा जिल्ला प्रशासन कार्यालयलगायतको संयोजनमा पटक पटक बैठक बसेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने