सन्तोषकुमार गुप्ता । भदौ ११, देउखुरी । राप्ती नदीलाई सिमाना नभई साझा आम्दानीको स्रोत हुने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ ११, देउखुरी । राप्ती नदीलाई सिमाना नभई साझा आम्दानीको स्रोत हुने "/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राप्ती नदीलाई सिमाना नभई साझा बनाएर गाउँपालिका बनाउन माग

२०७३, ११ भाद्र शनिबार ०१:२७


सन्तोषकुमार गुप्ता । भदौ ११, देउखुरी । राप्ती नदीलाई सिमाना नभई साझा आम्दानीको स्रोत हुने गरी देउखुरी क्षेत्रको स्थानिय तहको पुर्नसंरचना गर्नु पर्ने बुधबार देउखुरीको गोबरडिहा गाविस कार्यालयमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । स्थानिय संबाद समिती देउखुरीले आयोजना गरेको स्थानीय तहको पुर्नसंरचना निर्माण विषयमा प्रमुख राजनितिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवीहरु बीच भएको सर्वदलीय, सर्वपक्षीय वृहत छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 

उनीहरुले राप्ती नदीलाई साध बनाएर सदाका लागि झगडाको बीउ नरोपौँ बरु देउखुरीको उत्तरी र दक्षिण भु—भाग जोड्ने गरी गाउँपालिका तथा नगरपालिका बनाउन माग समेत गरेका छन् । उनीहरुले देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसको आर्थिक भौतिक, समाजिक, भौगोलिक र सांस्कृतिक रुपमा पहिले देखि नै अटुट सम्बन्ध रहेकोले कुनै पनि हालतमा यी चार गाविसलाई विभाजन नगरी गाउँपालिकाको रुपमा सिमाङ्कन गर्न माग समेत गरेका छन् । गोबरडिहाको बड्हरा र लालमटियाको खुरुरीया जोड्ने राप्ती नदीमा थप एक झुलुङ्ग तथा सिसहनियाँको छोट्की सिसहनियाँ र गोबरडिहाको महदेवा जोड्ने राप्ती नदीमा थप एक पक्की पुल बन्न लागेको हुँदा तीन गाविसलाई रिङ्गरोडको विकास अवधारणा लागु भईसकेको अवस्थामा देशकै नमुना गाउँपालिका बनाउने सकिने भएकाले कुनै पनि हालतमा पुर्वी राप्तीवारी तथा दक्र्षिण तथा राप्तीपारिको गाविसलाई मिलाएर गाउँपालिका बनाउनुको बिकल्प नरहेकोमा समेत जोड दिए ।

सम्बाद समितीका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सर्वदलिय, सर्वपक्षीय छलफल कार्यक्रमले देउखुरीको लालमटिया, सिसहनियाँ, गोबरडिहा, गंगापरस्पुर, सोनपुर र चैलाहीलाई मिलाई स्थानिय पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङले नगरपालिका बनाउने गरी सिफारिस गरी पठाएमा कुनै पनि हालतमा यी चार वटै गाविस नगरपालिकामा नजाने भन्दै सहभागी चार गाविसका राजनितिक दलका प्रतिनिधिहरुले आपत्ति प्रकट गरेको छ । छलफलले नगरपालिकाको बिरोद्ध गदै लालमटिया, सिसहनियाँ, गोबरडिहा र हाँसीपुर गाविसलाई समेटी गाउँपालिका बनाउने गरी सर्वसम्मत निर्णय गर्नुका साथै उक्त गाउँपालिका निर्माणका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ । छलफलमा गोबरडिहा गाविसका तर्फबाट प्रमुख राजनितिक दलका प्रमुखहरु नेपाली काँग्रेसका दामोदर रेग्मी, नेकपा एमालेका देवीलाल थारुकुमाल, राष्ट्रिय जनमोर्चाका नवराज शर्मा, थरुहट तराई पार्टीका शनिराम चौधरी, संघीय लोकतान्त्रिक मञ्च थरुहटका श्यामकिशोर चौधरी, राप्रपाका हरिदत्त शर्मा र गोबरडिहा गाविसका निवर्तमान अध्यक्ष सहजराम यादवले सयुक्त रुपमा हस्ताक्षण गरी गाउँपालिकामा जाने सहमति जनाएका हुन् ।     


गोबरडिहा गाविसका निवर्तमान अध्यक्ष सहजराम यादवको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको बृहत्त छलफल कार्यक्रममा लालमटिया, सिसहनियाँ, गोबरडिहा र हाँसीपुर गाविसका प्रमुख राजनितिकका प्रमुख प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी र पत्रकारहरु सहित दुई दर्जन बढी सहभागीहरुले आफ्नो धारण व्यक्त गरेका थिए । छलफल कार्यक्रमको सहर्जीकरण संम्बाद समितीका सदस्य नवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी