Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पाका कृषक बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १२, पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् ।

देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाउनुभएको छ । उहाँले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गर्नुभएको हो । छहरा अम्लाबासका कृषक बोधराज पोखरेलले पनि अन्य फलफूल खेती गर्न छोडेर कागती खेती सुरु गर्नुभएको छ ।

दुई वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । अन्य बाली तथा फलफूल लगाउँदा बाँदरबाट जोगाउन कठिन भएका कारण अमिलो जातको फलफूलतर्फ आकर्षित हुन बाध्य हुनुभएका ठिमुरेका कृषक कमल खनाल भन्नुहुन्छ– “बारीमा मकै लगायो बोटमा घोगा लाग्न नभ्याउँदै बाँदरले खेती नष्ट गरिदिन्छ ।”

जिल्लाका ५० भन्दा बढी गाविसका कृषकलाई बाँदरले सताएको छ । यम्घाकी कृषक वसन्ती बस्याल पनि बाँदरबाट हैरान भएर अहिले अमिलो जातको फलफूल लगाउन थालेको बताउनुहुन्छ । मकै, गहुँ, कासेबाली, मेवा, सुन्तला बादरबाट जोगाउन नसकिएको उहाँले बताउनुभयो । रासस