भदौ १६, कालिकाेट| संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १६, कालिकाेट| संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्र"/>

2026-10-31 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाै महिनाभित्रै संचालन हुने भाे त सुनथरालीको बिमानस्थल

भदौ १६, कालिकाेट| संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले ‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता भएकाले, अाफ्नै कार्यकालमा अन्तराष्टि्य उडानका लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान खरिद गर्ने र कालिकाेटकाे सुनथराली बिमान स्थलमा ९ महिना भित्र विमान टेकअप गराइ छाड्ने दावी गर्नु भएकाे हाे ।

साक्षात्कारमा मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याए मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउदै अाफ्नाे अब बाकी ८ महिनाकाे कार्यकालमा  सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने अाफु जहाज किन्ने योजनामा अवश्य पनि सफलहुने बिश्वास ब्यक्त गर्नु भएकाे छ । हाल वर्षमा ५०।६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै शाहीले अन्तराष्टिय उडानका लागि अाफ्नै कार्यकालमा विमान खरिद गरी स्वदेशी पुँजीको रुपदिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बाेल्दै मन्त्री शाहीले देश संघीय राज्यमा गैसकेकोले अब प्रत्येक प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत बताउनु भएकाे छ । देशका बिभिन्न ठाउमा निर्माणा धिन अवस्थामा रहेका बिमान स्थलहरुकाे अवस्थाबारे मुल्यांकन गरी दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न सम्बन्धित निकायलाइ निर्देशन  दिएको बताउदै कालिकाेटमा निर्माणाधिन सुनथराली विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गरीसक्ने बताउदै यसकाे सही सदुपयाेग तथा प्रभावकारीताकाे लागि बाह्य पर्यटन भित्राउने गुरुयाेजना बनाउन अावश्यक रहेकाे बताउनु भएकाे छ । विदेशी पर्यटकहरु नेपालको संस्कृति, कला, नदिनाला अवलाेकन गर्न आउने भएकाले यी सम्पदाहरुको संरक्षण एवम् प्रर्वद्धन गर्नु सबैको दायित्व भएको मन्त्री शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो