प्रकाश बम | भदौ १८, डोटी | केहि दिन यता देखि डोटीमा बजार अनुगमनमा कडाई गरीएको छ । दुई हप्ता नवित्दै चारपटक संयुक्त रुपमा अनुगमन गरीएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको नेतृत्वमा शुक्रबार दिपायलको पिपल्ला बजारमा गरीएको सयुक्त अनुगमन केहि म्याद नागेका सामान बरामद समेत गरीएका छन् ।

अनुगमनमा क्रममा पाँच पाकेट फेयर लब्ली, २२ पाकेट भ्यास लिन,२२ पिस पोन्स क्रिम,१३ पाकेट चाउमिन मसला र मिटमसला,२६ पाकेट बिस्कुट,४ पाकेट जिरा र १८ पाकेट जम्वो प्राउन बरामद गरीएको अनुगमन समितिका निरीक्षक तथा सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

पिपल्ला बजारका ३१ वटा पसलमा गरीएको अनुगमनमा केहि पसलमा मुल्य सुचि नराखिएको,पसल दर्ता नगरेको, नबिकरण,साईनवोर्ड नराखिएको र म्याद नाघेका बस्तु भेटीएकाले तत्काल सुधार गर्न समेत टोलिले निर्देशन गरेको छ । अनुगमन टोलिले दिएको निर्देशनलाई अर्कोपट पालना नगरेको भेटाएमा कानुनि दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

चाड पर्वका बेला मात्र अनुगमन गरीन्छ भ्रमलाई चिरेर नया नतिजा दिन साउन ३१ गते देखि आज सम्म चार पटक दिपायल सिलगढीमा अनुगमन गरीएको जनाएको छ ।

अनुगमनका क्रममा एक एक वटा निजि अस्पताल,पोलिक्लिनिक, पुस्तक पसल,डेरी उद्योग,सुनचादी पसल,एग्रो भेट, चिया नास्ता पसल रहेका छन् । त्यस्तै दुई वटा मासु पसल , तिन वटा औषधि पसल, छ वटा होटल रेन्टु रेन्ट, तेह्रवटा खुद्रा तथा तरकारी पसल,संयुक्त अनुगमन गरीएको थियो ।

डोटी चौथो पटक अनुगमन गर्दा पहिला भन्दा केहि सुधार आएको अनुगमन टोलिले बताएको छ ।अनुगमन निरन्तरता दिदा सेवा ग्राहि र केहि ब्यापारीहरुले खुसि समेत ब्यक्त गरेका छन् । सिलगढीमा गरीएको अनुगम भेटीएका अखाध्य बस्तु खाने तेल,दाल लगाएतका सामान सरोकारवाहरुको उपस्थितिमा नष्ट गरीएको र पिउन अयोग्य पानि पनि भेटीएकाले कंचनपुरमा संचालनमा रहेको खानेपानि कम्पनिका बिरुद्ध जिल्ला प्रशासनमा कार्यलयमा मुद्धा चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, प्रसासकिय अधिकृत रमा घिमिरे, उद्योग वाणिज्य संघका प्रतिनिधि गणेश साउद प्रहरी लगाएतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

डोटीमा बजार अनुगमनमा कडाई