Skip to content
Friday, July 17, 2026 Nepali Online Media

म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ ।

छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा निर्माण भएको आयोजना मार्फत ५४८ घरधुरीमा बसोवास गर्ने तीन हजार ३५१ जनसङ्ख्यालाई शुद्ध र व्यवस्थित खानेपानी सुविधा पुगेको छ ।

फिनल्याड सरकार, नेपाल सरकार र जिविसको रु एक करोड ३१ लाख ६५ हजार ४०७ अनुदान, सम्बन्धित गाविस कार्यालयको रु १२ लाख ५२१ र समुदायको रु ५६ लाख ४२ हजार ७६५ बराबरको श्रम तथा नगद सहभागितामा खानेपानी आयोजना निर्माण भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

रुखमा दम्सिलेक, चिमखोलामा नामिला, पाखापानीमा मूलपानी, उल्लेरी, शिखमा शिस्नेरी, ओखरबोटमा थाप्लेडाँडा खानेपानी आयोजना निर्माण तथा दरवाङ– ३ को पुछारगैरा खानेपानी योजना सम्पन्न भएको हो ।

परियोजना मार्फत हाल जिल्लामा रु सात करोड ३९ लाख नौ हजार ८९१ लगायतका नौवटा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । परियोजनाको रु दुई करोड ७७ लाख १३ हजार , गाविसको रु ४४ लाख ३४ हजार ५९३ र उपभोक्ताको रु २२ लाख ४४ हजार ४९१ नगद तथा श्रमदानमा निर्माण हुन लागेको आयोजनाबाट ८१५ घरधुरीको चार हजार ५९९ जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।

बाबियाचौर– ९ मा पात्लेपानी, ओखरबोट– १ मा खालखोला, बिम– ८ र ९ मा ओख्ले बिम्वाङ, बेनपा– १२ मा डडुवा लिफ्टिङ, ताकममा कोटखोला, घार– ७,८ र ९ मा बिरौटा, अर्मन– ६ मा पिपलबोट, रुम– ९ मा सेउलुङ अधिभारा र बरङ्जा– ६,७ र ८ मा बाघ हान्ने गाँैडा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् ।

परियोजनाले म्याग्दीको १६ गाविसमा शुद्ध र व्यवस्थित खानेपानी सुविधाको पहुँच वृद्धि तथा सरसफाइ प्रर्वद्धन सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस