२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात, निगमलाई ३७ अर्ब घाटा

२०७९, २० जेष्ठ शुक्रबार ०९:४८

जेठ २०, काठमाडौं | नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए । 

प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बडूले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भएको बताए । 


नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ तथा ४ लाख ७८ हजार मेट्रिक टन एलपी ग्यास खरिद गरिएको थियो । र सोबापत इण्डिय आयल कर्पोरेसनलाई एक खर्ब ५८ अर्ब भुक्तानी गरेको थियो ।   

चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्ममा करिब दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भइसकेको मन्त्री बडूको भनाई छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेको कारण नेपालमा पनि बाध्यतात्मक रूपमा मूल्य वृद्धि गर्नुपरिरहेको उनको भनाइ छ । 

नेपाल आयल निगमले १९ जेठमा पेट्रोल, डिजेल र मट्टीतेलको बिक्री मूल्यमा १० रूपैयाँ घटाएको थियो । उक्त मूल्य समायोजना गर्दा पनि पेट्रोल प्रति लिटरमा ४१.४० रूपैयाँ घाटा रहेको मन्त्री बडूले बताए ।

मासिक एक अर्ब ८३ करोड घाटा, डिजेलमा २८.३३ रूपैयाँ प्रति लिटर घाटा रहि मासिक तीन अर्ब ७३ करोड घाटा र एलपी ग्यासमा ७५१.१४ रूपैयाँ प्रतिसिलिन्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा रहेको उनको भनाइ छ । मट्टीतेल र हवाई इन्धानमा भने मासिक ६५ करोड नाफा रहेको उनले बताए ।

सबै नाफा घाटा मिलाउँदा हाल सात अर्ब १७ करोड रूपैयाँ घाटा रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भइसकेको छ । 

नेपाल आयल निगमले इण्डिय आयल कर्पोरेसनलाई सन् २०२२ जुन महिनाको पहिलो किस्ता वापत १६ अर्ब र बाँकी बक्यौता बराबर अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब आगामी सन् २०२२ जुन ८ तारिखसम्म भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन