१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात, निगमलाई ३७ अर्ब घाटा

२० जेष्ठ २०७९, शुक्रबार ०९:४८

जेठ २०, काठमाडौं | नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए । 

प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बडूले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भएको बताए । 


नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ तथा ४ लाख ७८ हजार मेट्रिक टन एलपी ग्यास खरिद गरिएको थियो । र सोबापत इण्डिय आयल कर्पोरेसनलाई एक खर्ब ५८ अर्ब भुक्तानी गरेको थियो ।   

चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्ममा करिब दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भइसकेको मन्त्री बडूको भनाई छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेको कारण नेपालमा पनि बाध्यतात्मक रूपमा मूल्य वृद्धि गर्नुपरिरहेको उनको भनाइ छ । 

नेपाल आयल निगमले १९ जेठमा पेट्रोल, डिजेल र मट्टीतेलको बिक्री मूल्यमा १० रूपैयाँ घटाएको थियो । उक्त मूल्य समायोजना गर्दा पनि पेट्रोल प्रति लिटरमा ४१.४० रूपैयाँ घाटा रहेको मन्त्री बडूले बताए ।

मासिक एक अर्ब ८३ करोड घाटा, डिजेलमा २८.३३ रूपैयाँ प्रति लिटर घाटा रहि मासिक तीन अर्ब ७३ करोड घाटा र एलपी ग्यासमा ७५१.१४ रूपैयाँ प्रतिसिलिन्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा रहेको उनको भनाइ छ । मट्टीतेल र हवाई इन्धानमा भने मासिक ६५ करोड नाफा रहेको उनले बताए ।

सबै नाफा घाटा मिलाउँदा हाल सात अर्ब १७ करोड रूपैयाँ घाटा रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भइसकेको छ । 

नेपाल आयल निगमले इण्डिय आयल कर्पोरेसनलाई सन् २०२२ जुन महिनाको पहिलो किस्ता वापत १६ अर्ब र बाँकी बक्यौता बराबर अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब आगामी सन् २०२२ जुन ८ तारिखसम्म भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए