2026-08-23 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्वालामुखी गाउँपालिका जोड्ने कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती, पटक-पटक म्याद थप

अनिल अधिकारी । असोज ६, काठमाडौँ । धादिङको पाल्पा भन्ज्याङदेखि सादभन्ज्याङसम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भईसक्नुपर्ने मिति २०७८ पुष ३० गते हो, तर यो सडक अझै कालोपत्रे भईसकेको छैन । त्यसो त यहि सडक खण्डको निर्माणाधीन सडकको कारण सवारी आवागमनमा असहज अवस्था छ । 

बडादशैंसँगै मङ्सिरमा हुन गईरहेको संघिय निर्वाचनको मिति नजिकिदै गर्दा यहि अलपत्र अवस्थामा रहेको सडकको कारण स्थानिय निकाय तथा राजनीतिक दलमा आवद्ध नेताहरु आलोचनाको सिकार बनिरहेका छन् । स्थानिय सरकारलाई समेत यो सडक कहिलेसम्म कालोपत्रे भईसक्छ भन्ने जानकारी दिईएको छैन । 

काठमाडौँ कलंकी स्थित कार्यालय भएको कास्यप समिर जेभीका (ठेकेदार माधव घिमिरे)ले यो सडक खण्डको ४.४ किलोमिटर कालोपत्रे गर्ने ठेक्का लिएका हुन् । जस अन्तर्गत पाल्पाभन्ज्याङदेखि नीलकण्ठ नगरपालिका तर्फ दुई किलोमिटर र ज्वालामुखी गाउँपालिका तर्फ २.४ किलोमिटर कालोपत्रे गर्ने सम्झौतामा छ । यो योजना अन्तर्गत बन्ने कालोपत्रे सडकको मोटाई ३० एमएमको हुने सम्झौतामा छ । 

पूर्वाधार बिकास कार्यालय नुवाकोटले कास्यप समिर जेभी कम्पनीसँग सडक निर्माणको लागि २०७७ असार १७ गतेनै ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार झन्डै डेढ बर्षमा सक्नुपर्ने काम कास्यप समिर जेभीले म्याद थपिथपि आगामी चैत मसान्तसम्म पुर्याएको छ । म्याद थप्नुको कारण कोरोना महामारी भएको बताइएको छ । 

हालसम्म यो सडकको ६५ प्रतिशत काम सम्पन्न भएको प्रादेशिक सडक डिभिजन कार्यालय, धादिङका निमित्त कार्यालय प्रमुख मदन आले मगर बताउँछन् । आलेका अनुसार पूर्वाधार बिकास कार्यालय नुवाकोटको टेन्डरमा गत पुषमा ठेक्का म्याद सकिएपनि कोरोनाको कारण देखाई ठेकेदार घिमिरेले गत २०७९ असार १७ गतेसम्म निर्माण सम्पन्न गर्ने भनि पुन: सम्झौताको म्याद पाएको थियो । त्यसपछि यो योजना हेर्ने जिम्मेवारी प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले पायो । यो कार्यालयले गत साउन १ देखि मात्र यो योजनालाई हेर्ने जिम्मेवारी पाएको आले बताउँछन् । पटक-पटक ठेक्काको म्याद थपेर सडक निर्माणको कार्य सम्पन्न नभएको यो योजनाको अब अर्को म्याद थप्न नसक्ने आलेको भनाई छ । उनका अनुसार नजिकिदै गरेको बडादशैंलाई मध्यनजर गरि बिग्रिएका स्थानहरुमा समेत सहज आवागमनको लागि सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको छ । 

यता समयमै सडक निर्माण नभएको कारण अपजस आफूले पाएको ज्वालामुखी गाउँपालिकाका प्रमुख यामनाथ दनैको गुनाशो छ । स्थानिय निकाय प्रमुख दनैका अनुसार यो सडक निर्माणको ठेक्का पाएका कास्यप समिर जेभीका संचालक माधव घिमिरेले लामो समयदेखि गाउँपालिका प्रमुखकै फोन उठाएका छैनन् । समयमै सडक निर्माण सम्पन्न नभएपछि गाउँपालिकाले ध्यानाकर्षण गर्न खोज्दा ठेक्का पाएको कम्पनी सम्पर्कमै आउन नचाहेको दनैको भनाई छ । उनले सडक निर्माणको टेन्डर र सुपरिवेक्षण अर्कै निकायले गर्ने भएको कारण स्थानिय सरकार मुकदर्शकजस्तो बन्नुपरेको गुनाशो गरे । दनैले भने “ठेक्का लिने कम्पनीले समयमै निर्माण नसक्दा जनताले हामीलाई गाली गरेका छन्, अपजस हामीले खेप्नुपरेको छ, सडक नबन्दा स्थानियलाई मर्का परेको छ, जनताको आक्रोश हामीमाथि छ । हाम्रो पालिकामा बन्ने सडकको हामीलेनै समन्वय तथा सुपरिवेक्षण गर्न नपाउने कुरा अचम्मको कुरा हो ।” 

यता सडक निर्माणको जिम्मा लिएको कास्यप समिर जेभीका माधव घिमिरेलाई सडक निर्माणको प्रगति विवरण र आगामी योजनाको बिषयमा थप जानकारी लिन खोज्दा ठेकेदार घिमिरेले साइट हेर्ने व्यक्तिको नम्वर पठाईदिन्छु भनेर फोन नम्बर समेत नपठाई टारेका छन् । ठेक्का लिएर समयमै काम गर्न नसकेको कास्यप समिर जेभीले कोरोना र निर्माण सामग्री महंगिएको बहाना गर्दै ठेक्का अवधि थप्दै आएको पाइएपछि प्रादेशिक सडक डिभिजन कार्यालय, धादिङले उसलाई दिनुपर्ने भुक्तानीमा समेत कडाई गरेको बताएको छ । बर्षाको कारण केहि समय काम रोकिएको जस्तो भएपनि दशैं अघि गर्नुपर्ने मर्मत गर्ने र दशैँपछि योजनाको बाँकी काम गर्ने जानकारी ठेकेदार कम्पनीले आफूहरुलाई जानकारी दिएको प्रादेशिक सडक डिभिजन कार्यालय, धादिङका निमित्त कार्यालय प्रमुख मदन आले मगरले बताए । आलेका अनुसार सम्झौतामा भए अनुसार कालोपत्रे अघि गर्नुपर्ने पुर्व तयारीको काम अझै डेढ किलोमिटर जति गर्नुपर्ने अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो