पढ्न करिब 1 मिनेट लाग्छ

प्रभात सुवेदी । भदाै २८, बर्दिया । १० जिल्लालाई कार्यक्षेत्र बनाउनेगरी समावेशी लघुवित्त वित्तीय संस्था स्थापना गर्नका लागि आज जिल्ला सदरमुकाम गुलरियामा वृहद् छलफलको आयोजना गरिएको छ ।

दाङ, बाँके, सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ र डडेल्धुरा जिल्लामा कार्यक्षेत्र रहने गरी समावेशी लघुवित्त वित्तीय संस्था स्थापनाका लागि सदरमुकाममा आयोजित कार्यक्रममा बर्दिया जिल्लाबाट यसको प्रकृया र अन्य विषयहरु संयोजनका लागि केन्द्रिय स्टेरिङ कमिटीमा अर्जुन सुवेदीलाई थप गर्ने प्रस्ताव गरको छ । कार्यक्रममा संस्था गठनको उदेश्य, सेयर लगानी, कार्यक्षेत्र, सेयर सदस्य बन्न आबश्यक प्रकृया, हालसम्म संस्था गठनमा भएको प्रगतिका सम्बन्धमा समिक्षा गरिएको थियो ।

यसैगरी बाँके जिल्लालाई लक्षित गरी आजै नेपालगञ्जमा सम्पन्न छलफल कार्यक्रमले मित्रलाल शर्मालाई बाँके जिल्लाको समन्वयको जिम्मेवारीमा राखेको छ । यसैगरी भोली नै बाँकेको कोहलपुर र बर्दियाको भुरीगाउँमा भोलि बृहद् छलफलको आयोजना गरिने अर्जुन सुवेदीले बताउनुभएको छ ।