पढ्न करिब 3 मिनेट लाग्छ

कट्पिस तथा पुराना कपडाबाटै कपास बनाईने, तयारी सिरक डसन बजारमा ल्याउने तयारी

सन्तोषकुमार गुप्ता । भदौ, ३० देउखुरी । जाँडो मौसमको शुरुवात संगै स्थानिय उपभोक्ताहरुको समस्या र मागलाई मध्यनजर गरी देउखुरीमै पहिलो पटक कपास तथा सिरक, डसना उद्योग सञ्चालनमा आएको छ । देउखुरीको लालमटिया—८ मसुरियाका हनुमान चौधरीले करिब २५ लाखको लागतमा मसुरियामै चौधरी कपास तथा सिरक, डसना उद्योग सञ्चालनमा ल्याउनु भएको हो । सिरक, डसना र टकिया बनाउनै कै लागि बजारमा महंगो मुल्यमा गुणस्तरहिन कपास किन्दा ठगिनु पर्ने बाध्यतालाई मध्यनजर गरी उद्योग सञ्चालनमा ल्याईएको उद्योग सञ्चालक हनुमान चौधरीले जानकारी दिए । बिशेष गरी टेलर्स व्यवसायहरु संग थुप्रिने कट्पिस तथा घरमा रहेका पुराना कपडाहरु खेरा जाने भएकोले त्यसलाई सदुपयोग गरी पुर्न प्रयोगमा ल्याउन समेत उद्योग सञ्चालन गरेको चौधरीले बताए ।

कट्पिस तथा पुराना कपडाहरुलाई मेसिनबाट कालो कपासको रुपमा तयार गर्न सकिने भएको हुँदा उक्त कपासबाट आवश्यकता अनुसारको साईज तथा तौलको सिरक, डसना र टकिया समेत तयारी अवस्थामा बिक्री गरिने सञ्चालक चौधरीले बताए । उनले तयारी सिरक, डसना र टकिया तथा अडर अनुसार समेत उपलब्ध गराउने गरी उद्योग सञ्चालनमा आएको बताए । उत्पादित कपास, सिरक, डसना र टकिया बजारको तुलनामा सहुलियत मुल्य उपलब्ध गराईने चौधरीले बताउनु भयो । पुराना कपडालाई कपास बनाउन प्रति केजी २५ रुपैयाँका दरले तयार गर्न सकिने र उद्योगमा तयारी अवस्थामा रहेको कपास हाल प्रति केजी ४० रुपैयाँमा बिक्री गर्ने चौधरीले भने । साथै टेलर्सबाट नयाँ कट्पिस कपडा प्रति केजी १० रुपैयाँका दर समेत खरिद गरिदै आएको उद्योगले जनाएको छ । उद्योगमा हाल ४ जना कर्मचारी कार्यरत छन् । उद्योगले बार्षिक १० लाख बढीको कारोबार गर्ने र २ लाख बढी मुनाफा गर्ने बताईएको छ ।

यसैबीच उद्योगको एक कार्यक्रमको आयोजना गरी उद्घाटन समेत गरिएको छ । उद्योगका सञ्चालक हनुमान चौधरीको अध्यक्षता प्रमुख आतिथ्य स्थानिय समाजसेवी तथा बुद्धिजिवी केशवराज खनालले रिबन काटेर उद्योगको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँ—घर तथा टेलर्स व्यवसायहरुमा खेर जाने कपडालाई कपास बनाएर पुन प्रयोगमा ल्याउन सकिने गरी कपास उद्योग सञ्चालन हुनु गौरबको बिषय भएको बताएका थिए । साथै उनीहरुले गाउँघरमा फालिने कपडाहरु कपास बनाएर सस्तो मुल्यमा सिरक, डसना र टकिया बनाउन सकिने भएको हुँदा स्थानियबासी प्रत्यक्ष लाभन्दित हुने विश्वास समेत व्यक्त गरेका छन् । कार्यक्रममा स्थानियबासी माधव बेल्बासे, चम्फा भुसाल, अग्नु चौधरी, रामप्रसाद चौधरी र राजेन्द्रप्रसाद चौधरी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी दलबहादुर घर्तीमगरले गरेका थिए ।