2026-09-16 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साठी वर्षपछि आरटिओ रोड बन्न लागेपछि स्थानीयवासी खुसी

भदौ ३१, कपिलवस्तु । साठी वर्षपछि सडक बन्न लगेपछि कपिलवस्तु क्षेत्र नं ५ का जनता खुसी भएका छन् । 

विसं २०१३ मा निर्माण सुरु गरेको आरटियोमा विवाद भएपछि निर्माण कार्य अलपत्र परेको थियो । अलपत्र परेको बाटो कालोपत्रे हुने खबरले अहिले कपिलवस्तुवासी खुसी भएका छन् । 

क्षेत्र नं ५ का सांसद अभिषेक प्रताव शाहको संसदीय पूर्वाधार विकास कोष मार्फत प्राप्त बजेटबाट सडक निर्माण गर्न थालपछि आफूहरु धेरै खुसी भएको गणेशपुरका गयादिन कुर्मीले बताउनुभयो । रु पाँच करोडको लागतमा पाँच किलोमिटर लम्बाइ रहेको सो सडक निर्माण अन्तिम चरणमा पुगेको सांसद शाहले बताउनुभयो । 

यो सडकको निर्माण चाँडै नै सम्पन्न गर्न थप बजेटका लागि पनि आफूले पहल गरिरहेको उल्लेख गर्दै उहाँले अहिले संसदीय पूर्वाधार विकास कोषअन्तर्गतको बजेटबाट यस क्षेत्रका आधादर्जनभन्दा बढी ठाउँका सडक निर्माण भइरहेको जानकारी दिनुभयो । 

क्षेत्र नं ५ को बहादुरगन्ज गाविसस्थित दलित बस्तीमा रु १५ लाखको लागतमा एक किमी सडक कालोपत्रे गरिएको र धर्मनगरदेखि विशनपुर गाविस जोड्ने सडकमा रु ३० लाखको लागानीमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माण भइरहेको छ। यसैगरी क्षेत्र नं ५ कै ठाकुरपुरको सडकमा रु १३ लाखको लागतमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माणका कार्य भइरहेको र रु ३५ लाखको लागतमा पिपरी र पौकी बन्डाको सडक निर्माण हुने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु