Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ ३१ गते, राति १०:४१ बजे अर्थ/विकास, दाङ्ग - DNG

नागरिकता बनाउन पाँच हजार घुस लिएका लमही प्रशासन प्रमुख नेपाली र सुब्बा लुईटेल प्रकाउ

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता, । भदौ, ३१ दाङ । दाङको ईलाका प्रशासन कार्यालय लमहीका कार्यालय प्रमुख विक्रमबहादुर नेपाली र सुव्वा वेदप्रसाद लुईटेल घुस सहित पक्राउ परेका छन् । उनीहरुले सेवाग्राहीवाट नागरिकता वनाईदिए वाफत पाँच हजार घुस मागेका थिए । कार्यालय प्रमुख नेपाली र सुब्बा लुईटेललाई प्रहरीले सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्यालय प्रमुख नेपाली र सुब्वा लुईटेललाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय दाङमा वुझाएको छ । गढवा गाविस वडा नं. ३ वनकट्टी निवासी ७२ वर्षीय कुर्धा कामी आफ्ना ४२ वर्षीय छोराको नागरिकता वनाउन ईलाका प्रशासन कार्यालय लमहीमा पुगेको थिए । तर उनीहरुसंग पाँच हजार रुपैयाँ वुझाएपछि मात्रै नागरिकता वनाईदिने कार्यालय प्रमुख नेपालीले वताएपछि कामीले नागरिकता बनाउन ऋण कारेका थिए ।

सोही अनुसार ऋण कारेर पाँच हजार रकम घुस वुझाएको कामीले राजनीतिक दल, पत्रकार र प्रहरी समक्ष वताए । कुर्धा नेपाली नागरिकता बनाउन प्रशासनले पाँच हजार घुस माग गरेको नेकपा एमाले दाङ क्षेत्र नं. १ का अध्यक्ष रतनकुमार केसीलाई वताएका थिए । त्यसपछि केसीले नै घुस वाफत वुझाउने पाँच हजार रकमको फोटोकपी गर्न लगाएका थिए । घुस वाफत वुझाएको पाँच हजार रुपैयाँको फोटोकपी सहित घुस वुझाउने कामी र एमालेका अध्यक्ष रतनकुमार केसीले कार्यालय प्रमुख संग सवाल जवाफ गर्न थाले पछि कार्यालय प्रमुख नेपालीले घुस वाफतको रकम श्रीमती संग मगाए पछि घुस वुझेको थप पुष्टि भएको हो । सुब्वा लुईटेलले घुस वाफतको रकम कार्यालय प्रमुख विक्रमबहादुर नेपालीकी श्रीमती वन्दना नेपालीलाई वुझाएको प्रहरी समक्ष स्वीकार गरेका छन् । फोटो कपीमा उल्लेख भएको रकमको दुई वटा एक—एक हजार रुपैयाँको नोट फेला परेको छ । वाँकी तीन हजार रुपैयाँ नभेटिएको प्रहरीले वताएको छ । प्रहरीले कार्यालय प्रमुख नेपाली र सुब्वा लुईटेललाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय दाङमा वुझाएको छ । यस अघि पनि नागरिकता वनाईदिने भन्दै सेवा ग्राहीवाट ईलाका प्रशासन कार्यालय लमहीमा घुस लेनदेन चलेको फेला परेको थियो ।