२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोटखोलामा पहिलो पटक न्यायाधीश सहितको टोली पुग्यो

२०७३, ४ आश्विन मंगलवार १०:०९

असोज ४, संखुवासभा ।  हटिया ७ को स्याक्सिला गोलामा पहिलो पटक पुगेका जिल्ला अदालत चैनपुरका न्यायाधीश भोजराज अधिकारीलाई स्थानीयले भव्य स्वागत गरे । सामान्यतया शाखा अधिकृतसम्मका कर्मचारी नदेखेका हटियाबासीले न्यायाधीशलाई प्रत्यक्ष देखेपछि फूलमाला र खादा लगाएर स्वागत गरे । न्यायाधीस अधिकारीले पनि स्थानीयलाई अदालत र जनसमूदाय बीच निकटता बढाउने र समूदायको न्यायमा पहु“च अभिबृद्धि गर्ने उद्देश्यले न्यायिक संवाद गर्न हटियासम्म ३ दिन हिडेर आएको बताए । उनले स्थानीयलाई गाउ“घरमा भएका समस्या खुलेर राख्न आग्रह गरे । 

जिल्ला अदालतको आव ०७३/७४ को वार्षिक कार्य योजनामा निर्धारण भए अनुसार पहिलो पटक मकालु हिमालको फेदी भोटखोला क्षेत्रको हटिया गोलामा शनिबार न्यायिक संवाद राखेको हो ।  जिल्ला न्यायाधीश अधिकारीस“गै निमित्त जिल्ला न्यायाधिवक्ता एकराज अधिकारी, स्रेस्तेदार कुमार मास्के, बार इकाइका अध्यक्ष उमेश शाक्य र अधिवक्ता परशुराम रिजालले न्यायिक मूल्य मान्यताहरु, अदालतको काम कारवाही तथा कार्य्विधिगत पक्षमा प्रस्तुती राखेका थिए ।

कृष्ण माविकी विद्यार्थी सोनिया भोटेले भोटे समूदायमा आफूलाई मन परेका युवतीलाई जवरजस्ती तानेर विवाह गर्ने प्रचलन अझै पनि रहेकोले यसको उपचारका लागि कानूनमा के कस्तो व्यवस्था छ ? उनले न्यायाधीश अधिकारीसमक्ष प्रश्न राखिन् । अधिकारीले जवरजस्ती विवाह गर्न नमिल्ने हुँदा त्यस्तो कार्य गर्नेलाई कानूनतः सजाय हुने व्यवस्था रहेको बताए । सहभागीहरुले कानून, विवाद समाधानका तौर तरिका, अदालती प्रकृया, स्थानीय रुपमा गरेको सम्बन्ध विच्छेदले कानूनी मान्यता पाउने नपाउने र समाजमा रहेको कूसंस्कृति कसरी हटाउने भन्ने बारेमा जिज्ञासा समेत राखेका थिए । 

स्थानीयबासिन्दा नोर्चे भोटेले भन्सार कार्यालय सदरमुकाम खा“दबारीमा रह“दा समस्या भएको गुनासो पोखे । उत्तरी भोटखोला क्षेत्रका बासिन्दा आफ्नो उत्पादन समेतका सामाग्री सदरमुकामसम्म लैजान समस्यामा छौ, भन्सार कार्यालय उत्तरी क्षेत्रमा राखिनु पर्यो, उनले भने, किमाथांका नाकामा भन्सार कार्यालय नभएको र अहिलेसम्म कर्मचारी देखिएका छैनन्, यो समस्याको समाधान गरिदिनुपर्यो  । न्यायाधीश अधिकारीले भन्सारका बिषयमा आफूले बोल्न नमिल्ने हु“दा यो समस्या प्रमुख जिल्ला अधिकारीसम्म पुर्याउने आश्वासन दिए । 

भोटखोला क्षेत्रमा आएर यस्ता प्रकारका न्यायिक संवाद पहिलो पटक गरिएकोमा स्थानीयले खुसी व्यक्त गरे । अदालत र जनसमुदाय बीचको दूरीलाई कम गर्न, अदालत प्रतिको जनआस्थामा अभिबृद्धि गर्न र समाजमा न्यायिक सुशासन कायम गर्नमा सघाउ पुग्ने हु“दा संवाद धेरै उपयोगी र समय सान्दर्भिक भएको भोटेले प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो