१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको बेगखोलामा पुल बगाएपछि सास्ती

५ आश्विन २०७३, बुधबार ०६:१९

असोज ५, म्याग्दी । बाढीले सडक, बेलिब्रिज र झोलुङ्गेपुल बगाएपछि म्याग्दीको बेगखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका दश गाविसका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक समस्यामा परेका छन् । बेगखोलामा आउने बाढीले छिनछिनमा धार परिवर्तन गरिरहेकाले सडक खुलाउने प्रयास सफल भएको छैन । पुल र सडक नहुँदा बाढीको पानीमा जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता रहेको दानाका कबिन तुलाचनले बताउनुभयो । 

उहाँका अनुसार केही ट्याक्टर चालकले यात्रुलाई खोला तारेबापत प्रतिव्यक्ति एक सय रुपैयाँ रकम लिने गरेका छन् । बेगखोला तिप्ल्याङ खण्डको वैकल्पिक बाटो तिप्ल्याङ, बादुक, औल, बेगखोला पैदलयात्रा गर्न कम्तीमा तीन घन्टा घुमाउरो बाटो हिँड्नुपर्छ । बेगखोलाको बाढी र सडक कटान भएकाले बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री अलपत्र पर्नुका साथै मुस्ताङ र उत्तरी म्याग्दीमा उत्पादित आलु निकासी हुन सकेको छैन । 

आलु र स्याउ कुहिन थालेपछि कृषक चिन्तित भएका छन् । कागबेनीमा सोह्र श्राद्ध गर्न जाने भक्तजन र मुस्ताङ भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । कतिपय पर्यटक बेनीबाटै फर्किएका छन् । सडक अवरुद्ध हुँदा कृषि, पर्यटन र जनजीवन प्रभावित भएको छ । बाढीले विद्युत्का खम्बासमेत बगाएकाले उत्तरी म्याग्दी र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् अभावमा टावर नचल्दा मोबाइलको सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

मौसममा सुधार र बाढी रोकिएपछि सडक खुलाउने प्रयासले सार्थकता पाउने प्रजिअ केशवराज आचार्यले बताउनुभयो । सडक विभागको एकवटा डोजरले काम गरिरहेको भए पनि सफल भएको छैन । विद्युत् आपूर्तिका लागि पहल गरिए पनि बाढी नरोकिएकाले समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सीताराम शाहले बताउनुभयो । 

बाढी र पहिरोका कारण बेग गाविसको विभिन्न वडामा ३७ घरपरिवार विस्थापित हुनुका साथै ११ घर जोखिममा परेका छन् । बेगखोला, बाँसबोट र लिस्नेबाट विस्थापित अस्थायी टहरा, सामुदायिक भवन, विद्यालय र आफन्तकामा आश्रय लिएर बसिरहेका छन् । विस्थापितले पुनर्वासको व्यवस्था गर्न अनुरोध गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत