2026-06-21 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढीले दुईमहिनामा सातवटा पुल बगायो

असोज ६, बाबियाचौर (म्याग्दी) । म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ । 

बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बेग–१ मा रहेको लिस्ने खोलाको झोलुङ्गेपुल भदौ १६ गतेदेखिको निरन्तरको पहिरोसँगै बगेको छ । बेग–६ स्थित बेनी जोमसोम सडकमा रहेको बेलिब्रिज र सोसँगै रहेको झोलुङ्गेपुल भदौ १६ गतेको बाढीले बगाएको थियो । 

कुइनेमङ्गले र मल्कवाङको सिमानामा रहेको फिरीखोला र ओखरबोटको फूलबारीदेखि निस्कोटमा रहेको रुमखोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा जाने झोलुङ्गेपुल बाढीले बगाएको जिविसका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । 

यसैगरी, गुर्जा–५ को मझधारा र धौलागिरि चक्रीय पदमार्गमा पर्ने मुदी–९ दोभानस्थित म्याग्दी खोलामाथि रहेको झोलुङ्गेपुलको लठ्ठा भिरबाट खसेको ढुङ्गा र पहिरोले छिनालेपछि आवत–जावत बन्द भएको छ । ओखरबोट–१ फूलबारी र निस्कोटको खहरे जोड्ने रितुङ खोलामाथि रहेको झोलुङ्गेपुल कटानका कारण जोखिममा परेको छ । 

बेगको औल हुँदै बादुक जाने बाटोमा बेगखोलामाथि रहेको झोलुङ्गेपुल पनि बाढी र पहिरोका कारण उच्च जोखिममा परेको छ । बाढीले क्षति गरेका झोलुङ्गेपुलको जिविस र टिबिएसयुको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर मर्मत तथा पुनर्निर्माणका लागि काम अघि बढाउन पहल भइरहेको असिस्टेन्ट सब इन्जिनियर पौडेलले बताउनुभयो । 

यसैबीच, पहिरो र पुलको लठ्ठा छिनेपछि अवरुद्ध भएको धौलागिरि चक्रीय पदमार्गको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । जिविसले पदमार्ग मर्मत र अस्थायी पुल बनाउन सहयोग गर्ने आश्वासन दिएपछि मुदी–९ बगरका बासिन्दाले पदमार्ग मर्मत सुरु गरेको स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो । 

दस दिनभित्र पदमार्ग मर्मतकार्य सम्पन्न गर्नेगरी गाउँले परिचालन भएको उहाँले बताउनुभयो । पर्यटक याम सुरुनहुँदै पदमार्ग खुलाउने लक्ष्य राखिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ