२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य

१६ पुष २०७५, सोमबार ०७:०८

नारायण अधिकारी  पुस १६,चितवन  (रासस) : नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न नसकेपछि ती क्याम्पसको भर्नामा रोक लगाएको हो । 

त्रिभुवन विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस पक्लिहवा, कपिलवस्तु, कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुर, चितवन र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुर र हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी (हिकास्ट) काठमाण्डौँले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । 

नेपालमा यी तीन विश्वविद्यालयअन्तर्गत मात्रै पशु चिकित्सा पढाइ हुदै आएको छ । हालसम्म पनि मापदण्ड पूरा नगरी अध्ययन अध्यापन हुँदै आएको थियो । परिषद्का रजिष्ट्रार डा. नारायण घिमिरेले भौतिक संरचना, जनशक्ति, विषयगत विशेषज्ञ, प्रयोगशाला मापदण्ड अनुसार कुनै पनि क्याम्पसको मापदण्ड पूरा नभएपछि भर्नामा रोक लगाइएको बताउनुभयो । 

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न जुन सीप सिक्ने हो त्यसको व्यावहारिक कक्षालाई प्रयोगशाला चाहिने भए पनि क्याम्पसहरूले त्यो पूरा गर्न सकेका छैनन् । परिषद्ले निर्धारण गरेको पाठ्यक्रमअनुसारको प्रयोगशाला कस्तो हुने भन्नेबारेमा सम्बन्धित क्याम्पसहरूलाई तोकिएको घिमिरेले बताउनुभयो । 

उहाँले भन्नुभयो “विगतमा गर्छाैँ–गर्छाैँ भन्दै आएको भए पनि सरकारी वा निजी कुनै पनि क्याम्पसले मापदण्ड पूरा नगरेपछि भर्ना रोकेका हौँ ।” मापदण्ड पूरा नगर्नेले अब भर्ना लिन नपाउनेले उहाँको भनाइ थियो । 

परिषद्का उपाध्यक्ष एवं शिक्षा समितिका संयोजक डा. सुविस सिंहले परिषद्ले २०६२ सालमा जारी गरेको निर्देशिकाको मापदण्ड पूरा गरेर मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन पत्राचार गरिएको बताउनुभयो । शिक्षा मन्त्रालयले पनि सो विषयमा परिपत्र गरेको भन्दै उहाँले गुणस्तरीय जनशक्ति उत्पादनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशाला हुनै पर्ने बताउनुभयो । 

भर्ना लिन नपाएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति र भेटेरिनरी सङ्कायका डिन दुवै जना परिषद्का पूर्व पदाधिकारी एवं सदस्य हुनुहुन्छ । सो विश्वविद्यालयको भेटेरिनरी सङ्कायका डिन डा. शारदा थपलियाले बजेटको अभावमा आवश्यक प्रयोगशाला र पशु व्यवस्थित गर्न नसकिएको बताउनुभयो । उहाँले एनाटोमी जस्ता विषयको प्राध्यापक नेपालमा पाउन नसकिएका कारण मापदण्ड पूरा गर्न कठिन भएको बताउनुभयो । यद्यपि सीमित स्रोत साधनबाट तोकिएको मापदण्ड पूरा गर्न लागिपरेको उहाँले बताउनुभयो । 

उहाँले शिक्षा मन्त्रालयसँग पूरै मापदण्ड पूरा गरी व्यवस्थित गर्न रु. दुई अर्ब ५० करोड रकम माग गरेको जानकारी दिनुभयो । 

निजीतर्फ पशु चिकित्सा पढाइरहेको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुरका प्रिन्सिपल ई. बाबुराम उपाध्यायले परिषद्ले तोकेको मापदण्ड पूरा गर्न काम भइरहेको बताउनुभयो । परिषद्मा हालसम्म एक हजार १०८ पशु चिकित्सक दर्ता भएका छन् । तिनीहरू नेपालका चार क्याम्पस र विदेशी क्याम्पसहरूबाट उत्तीर्ण भएका हुन् । 

परिषद्ले एउटा क्याम्पसलाई ४० जना विद्यार्थी पढाउने स्वीकृत दिए पनि अन्य विभिन्न नामको कोटाबाट प्रत्येक क्याम्पसले त्योभन्दा बढी विद्यार्थी पढाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान