२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको रामपुरमा आउँदो शैक्षिक सत्रबाट इञ्जिनीयरिङ पढाइ हुने

२३ फाल्गुन २०७५, बिहीबार ०४:५७

फागुन २३, चितवन (रासस) | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो । 

सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले त्यहाँ पढाउँदै आएको कृषि क्याम्पस स्थानान्तरण गरेको थियो । दुई विश्वविद्यालयबीचको विवाद समाधानका क्रममा रामपुरमा त्रिविले इञ्जिनीयरिङ सङ्काय सञ्चालनका लागि ४० बिघा जग्गा पाउने भएको छ । सोही जग्गामा भरतपुर महानगरसँग सहकार्य गरेर इञ्जिनीयरिङ क्याम्पस खोल्न लागिएको हो । 

त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले आउँदो शैक्षिकसत्रबाट रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालनमा ल्याइने बताउनुभयो । सो क्षेत्रको स्थलगत निरीक्षण एवं अध्ययन भइरहेको भन्दै उहाँले कुनै एउटा विषयबाट भए पनि आउँदो शैक्षिकसत्रबाट पढाइ शुरु गर्ने बताउनुभयो । रामपुरमा इञ्जिनीयरिङ पढाइका लागि भरतपुर महानगर सकारात्मक देखिएपछि त्रिविलाई सजिलो भएको हो । विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायका डिन रामचन्द्र सापकोटाले रामपुरमा रहेको पुरानो कभर्डहलको भवनलाई मर्मतसम्भार गरी क्याम्पसको शुभारम्भ गर्ने तयारी गरिएको बताउनुभयो । 

विश्वविद्यालयले नीतिगत निर्णय गरेर कामलाई अगाडि बढाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । रामपुरमा रहेको अरु जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई छोड्दै गर्दा त्रिविको इञ्जिनीयरिङ सङ्कायका लागि रु १५ करोड सरकारले दिने सहमतिसमेत भएको छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले विश्वविद्यालय र महानगरको बीचमा सम्झौता गरी संयुक्तरूपमा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । तत्काल भौतिक संरचनाका लागि आवश्यक पर्ने बजेटका लागि पनि महानगर तयार रहेको भन्दै उहाँले स्थानीय तहले विश्वविद्यालयसँग सहकार्य गरेर नमूना क्याम्पस सञ्चालन गर्न लागिएको बताउनुभयो । 

त्रिविको इञ्जिनीयरिङ सङ्कायमा चार आङ्गिक र १० सम्बन्धन दिएर क्याम्पस सञ्चालनमा छन् । सम्बन्धन पाएका सबै क्याम्पस राजधानीमा छन् भने आङ्गिक धरान र पोखरामा पनि छ । रामपुरमा आङ्गिक क्याम्पस सञ्चालन भएसँगै विद्यार्थी लाभान्वित हुने देखिन्छ । रामपुरमा एउटा विषयबाट शुरु गरेर सात विषयसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । रामपुरमै कृषि क्याम्पससमेत भएकाले शुरुमा कृषि इञ्जिनीयरिङबाट पढाइ शुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य