२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको रामपुरमा आउँदो शैक्षिक सत्रबाट इञ्जिनीयरिङ पढाइ हुने

२०७५, २३ फाल्गुन बिहीबार ०४:५७

फागुन २३, चितवन (रासस) | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो । 

सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले त्यहाँ पढाउँदै आएको कृषि क्याम्पस स्थानान्तरण गरेको थियो । दुई विश्वविद्यालयबीचको विवाद समाधानका क्रममा रामपुरमा त्रिविले इञ्जिनीयरिङ सङ्काय सञ्चालनका लागि ४० बिघा जग्गा पाउने भएको छ । सोही जग्गामा भरतपुर महानगरसँग सहकार्य गरेर इञ्जिनीयरिङ क्याम्पस खोल्न लागिएको हो । 

त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले आउँदो शैक्षिकसत्रबाट रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालनमा ल्याइने बताउनुभयो । सो क्षेत्रको स्थलगत निरीक्षण एवं अध्ययन भइरहेको भन्दै उहाँले कुनै एउटा विषयबाट भए पनि आउँदो शैक्षिकसत्रबाट पढाइ शुरु गर्ने बताउनुभयो । रामपुरमा इञ्जिनीयरिङ पढाइका लागि भरतपुर महानगर सकारात्मक देखिएपछि त्रिविलाई सजिलो भएको हो । विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायका डिन रामचन्द्र सापकोटाले रामपुरमा रहेको पुरानो कभर्डहलको भवनलाई मर्मतसम्भार गरी क्याम्पसको शुभारम्भ गर्ने तयारी गरिएको बताउनुभयो । 

विश्वविद्यालयले नीतिगत निर्णय गरेर कामलाई अगाडि बढाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । रामपुरमा रहेको अरु जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई छोड्दै गर्दा त्रिविको इञ्जिनीयरिङ सङ्कायका लागि रु १५ करोड सरकारले दिने सहमतिसमेत भएको छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले विश्वविद्यालय र महानगरको बीचमा सम्झौता गरी संयुक्तरूपमा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । तत्काल भौतिक संरचनाका लागि आवश्यक पर्ने बजेटका लागि पनि महानगर तयार रहेको भन्दै उहाँले स्थानीय तहले विश्वविद्यालयसँग सहकार्य गरेर नमूना क्याम्पस सञ्चालन गर्न लागिएको बताउनुभयो । 

त्रिविको इञ्जिनीयरिङ सङ्कायमा चार आङ्गिक र १० सम्बन्धन दिएर क्याम्पस सञ्चालनमा छन् । सम्बन्धन पाएका सबै क्याम्पस राजधानीमा छन् भने आङ्गिक धरान र पोखरामा पनि छ । रामपुरमा आङ्गिक क्याम्पस सञ्चालन भएसँगै विद्यार्थी लाभान्वित हुने देखिन्छ । रामपुरमा एउटा विषयबाट शुरु गरेर सात विषयसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । रामपुरमै कृषि क्याम्पससमेत भएकाले शुरुमा कृषि इञ्जिनीयरिङबाट पढाइ शुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने