२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव !

१७ फाल्गुन २०७६, शनिबार ०४:४६

फागुन १७, चितवन | चितवनको इच्छाकामना  गाउँपालिका–६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा  अभिभावकले भरिए । दुलहीजस्तै विद्यालय सिङ्गारिएको थियो । 

स्थापनाको २६ औँ वर्षपछि शुक्रबार अभिभावक एकसाथ उपस्थित भएको  पहिलोपटक हो । अधिकाशं चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले आफ्नो स्थापनाको २६ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष चेपाङले भन्नुभयो, “विद्यालय स्थापना  भएको पनि यतिका वर्ष भइसके छ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै  खुशी  लागेका  छ ।” उहाँले  विद्यालयलाई यहाँसम्म  ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद दिनुभयो ।  

चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले शिक्षाको गुणस्तर बढाउनतर्फ  ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय भवनसहित आवश्यक पूर्वाधार बनिरहेका छन्, अब  चिसो भुइँमा, चुहिएको  छानोमुनि बसेर पढ्नु पर्दैन भौतिक संरचना धेरै बनिसकेका  छन् बन्ने क्रम जारी छ, त्यसै अब शिक्षाको गुणस्तरतर्फ  ध्यान  दिनु आवश्यक छ, ।”

वडाध्यक्ष भूपेन्द्र चेपाङले जनचेतनाको कमीका कारण शुरुका दिनमा विद्यालय सञ्चालनमा कठिनाइ भए पनि पछिल्लो समय सहयोगी संस्थाका कारण केही सहज भएको  बताउनुभयो । विद्यालयका  संस्थापक  प्रधानाध्यापक गोपी सिलवालले विद्यालय निकै कठिनाइका साथ स्थापना गरिएको  जानकारी दिनुभयो  । विद्यालयलाई  सहयोग गर्दै आएका  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्णज्यु ठकुरी, वाल्मीकि शिक्षा सदन भरतपुरका प्रधानाध्यापक लक्ष्मीकान्त चालिसे, सर्वोच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष राजु खड्का, लायन्स क्लब अफ चितवन सिटीका पूर्व अध्यक्ष, मिसिका फाउन्डेशनका अध्यक्ष मधुसुदन अर्याल, हेल्पकोड नेपालका शिला देवकोटा, आरआर एनका बिरु गुरुङ विद्यालयका पूर्व प्रअ  सिलवाल र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले शिक्षा नै विकासको पूर्वाधार भएको धारणा राख्नुभएको थियो । 

चेपाङ बालबालिकाका नृत्यले सहभागीलाई आकर्षित गरेको थियो । सेन्चुरी कमर्सियल बैंक वाग्मती प्रदेश इञ्चार्ज शङ्कर केसी तथा बेलचोक शाखाका प्रबन्धक गणेश शर्माले विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुभएको थियो । यस  विद्यालयमा १२० चेपाङ विद्यार्थी अध्ययनरत रहेको  प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिनुभयो ।  

विद्यालयमा विभिन्न सङ्घसंस्थाले दैनिक खाजाको व्यवस्था  गरिएको छ । साथै शैक्षिक समग्रीलगायत सहयोग गरिरहेका  छन् । विद्यालयम नियमित दिवाखाजाको व्यवस्था भएपछि  बालबालिका नियमित विद्यालय आउने गरेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान