२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सामुदायिक विद्यालयद्वारा टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु

२०७७, १२ आश्विन सोमबार ०७:३९

असोज १२, वालिङ । स्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको अध्यापन कार्यलाई निरन्तरता दिनका लागि विद्यालयले टोलटोलमै शिक्षकलाई खटाएर पढाउन शुरु गरेका हुन् ।

वालिङ नगरपालिकाभित्र रहेका ७३ सामुदायिक विद्यालय र १५ संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी सिकाइ सहजीकरण गर्न अनुरोध गरिएअनुसार विद्यालयले टोल–टोल विभाजन गरेर सिकाइ क्रियाकलाप अगाडि बढाएका नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।

विद्यालयलाई विभिन्न पाँच वटा सिकाइका विधि तथा विकल्प दियौं र सोही विकल्पमध्ये आफ्नाआफ्ना विद्यार्थीलाई अनुकूल हुने विकल्पको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन निर्देशन दिइएको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

स्याङ्जा जिल्लाकै नमूनाका रुपमा रहेको वालिङ–१० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले १२ वटा टोलमा १४ सिकाइ केन्द्रमार्फत शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताउनुभयो ।

“यस विद्यालयमा अध्ययनका लागि आउने विभिन्न टोलका विद्यार्थीलाई पायकपर्ने गरी टोल विभाजन गरेर पढाउँदै आएका छौं ”, प्रअ लम्सालले भन्नुभयो “सिकाइ केन्द्रमा सबै विषयसँग सम्बन्धित शिक्षकलाई आलोपालो गर्दै पठाउने गरिएको छ ।” विद्यालयले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर असोजको पहिलो साताबाट पढाउन शुरु गरेको हो । कोभिड–१९ को जोखिमका कारण विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउन सकिने अवस्था नभएकाले प्राप्त निर्देशिका अनुसार अगाडि बढिएको प्रअ लम्सालले बताउनुभयो ।

वालिङ खहरेस्थित रणवीर जनहित माध्यमिक विद्यालयले पनि टोल टोलमा पढाउन शुरु गरेको छ । विद्यालयले विभिन्न नौ वटा टोल विभाजन गरी विषयगत शिक्षकको तालिका बनाइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेको विद्यालयका प्रअ लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । अनलाइन शिक्षण सिकाइ क्रियाकलाप भन्दा टोल–टोलमा बनाइएको सिकाइ केन्द्रमा शिक्षक विद्यार्थी उपस्थित भएर गरिएको अध्यापन कार्य बढी प्रभावकारी हुने गरेको प्रअ रेग्मीको अनुभव छ ।

टोलटोलमा पुगेका शिक्षकले कोभिड–१९ ले पारेको सङ्कटका बेला मनोसामाजिक परामर्श दिने, लेखन सीपसम्बन्धी कला, नियमित हात धुने बानीको विकास र आवश्यक सरसफाइसम्बन्धी जानकारी गराउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालय सुचारु नगर्न नगराउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्न निर्देशन दिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने