१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारका साढे ३ हजार उजुरी, साढे १ हजार मात्रै भयो फर्छ्यौट

२५ माघ २०८०, बिहीबार ०९:१४

माघ २५, काठमाडौँ | गत साउनदेखि पुस मसान्तसम्ममा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । पछिल्लो ६ महिनासम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको विभागले जनाएको छ । जसबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ । विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि भन्दै ६९० उजुरी परेका छन् । जसमा ४५ जनाको उद्धार गरिएको छ । उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् ।

उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ आपसी सहमति गराइएको छ । ६५ उजुरी फिर्ता गरिएको छ, भने १ तामेलीमा राखिएको विभागले जनाएको छ । उद्धारको लागि आएका उजुरीमध्ये ३६२ फर्छ्यौट भएका छन् । जसबाट १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो ।  

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेका छन् । जसमा १९१ मिलापत्र गराइएको छ । भने ८४ मुद्दा अदालत पठाइएको छ । ठगीका उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ ।

त्यस्तै विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका छन् । जसमा ६५ उजुरीमा मिलापत्र गराइएको छ । भने ९२३ उजुरी फछ्र्योट गरिएको छ । प्रहरीमा परेका उजुरीहरूबाट १ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरिएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागभित्रै प्रहरी शाखा र वैदेशिक रोजगार व्यवसायी संघको मिलापत्र कक्ष छ । त्यस्तै वैदेशिक रोजगारीसम्बन्धी आउने उजुरीहरूमा पिपुल्स फोरमले निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्दै आएको छ । 



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल